Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख २६ गते शनिबार

कैलालीको अत्तरिया बजारका मासु पसलहरुको अनुगमन गर्ने क्रममा खान अयोग्य मासु समेत फेला परेको छ ।

गोदावरी नगरपालिकाले शुक्रबार र शनिबार गरेको अनुगमनमा मासु पसलहरुबाट खान अयोग्य २० किलो मासु बरामद गरि नष्ट गरिएको छ । अनुगमन सहभागी पशु चिकित्सक डा. निलम कुमारी महतोले अनुगमनका क्रममा अत्तरिया बजारका मासु पसलहरु मध्ये धेरै जसो व्यवसायीहरुले फोहोर किसिमले मासु राखेको भेटिएको बताइन् ।
उनले फ्रिजमा मासुसँगै अन्य खानेकुराहरु पनि खुल्ला रुपमा राखेको भेटिएको बताइन् । त्यसरी राख्नु स्वास्थ्यका लागि एकदमै हानिकारक हुने बताउँदै उनले अत्तरियाका धेरै पसलहरुमा फ्रिजमा मासुसँगै अन्य खानेकुराहरु पनि खुल्ला रुपमा राखेको भेटिएको जनाइन् ।  उनले अनुगमनका क्रममा कुहिएको र बिग्रिएको मासुहरु कुकुर, बंगुर लगायतका जनावरहरुलाई खुवाउने गरी राखेको समेत भेटिएको बताइन् । उनले बजारको अवस्था हेर्दा अनुगमन मासिक रुपमा गर्न जरुरी देखिएको समेत बताईन ।
प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले नगरपालिकाले चरण चरणमा विभिन्न पसलहरुमा अनुगमन गर्दै आइरहेको बताए । उनले अनुगमनका क्रममा केही पसलहरु सफा देखिएपनि केही पसलहरु भने एकदमै फोहोर देखिएको बताए । उनले पसलहरु दर्ता नै नभएको समेत भेटिएको बताए । 
शुक्रबार र शनिबार ४० पसलहरुमा अनुगमन गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>