Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर ०६ गते सोमबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.९० अङ्कले उकालो लागेर दुई हजार ७६५.४३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ अङ्कले उकालो लागेर ५१९.४६ मा पुगेको छ । 

नेप्से परिसूचक झिनो अङ्कले बढे पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर रु तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने आठ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २.८९, व्यापार १५.८३, होटल तथा पर्यटन १४९.७६, जलविद्युत् १०.९२, निर्जीवन बीमा ९९.४८, अन्य २७.६५, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.७२ अङ्कले उकालो लाग्यो । 

नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३४ करोड ४१ लाख २५ हजार ५०२ बराबरको कारोबार भयो । 

त्यस्तै, दूरसञ्चार कम्पनी रु २९ करोड १८ लाख ६७ हजार ४०६, अरुण काबेली पावर रु १४ करोड ८७ लाख ६७ हजार ९३, हिमाल दोलखा हाइड्रोपावर रु १४ करोड २७ लाख ८३ हजार ४३ र नबिल बैंक रु १२ करोड ४८ लाख ४५ हजार ७६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दा चन्द्रागिरि हिल्स ९.७५, एनआइबिएल प्रगति फन्ड ६.७६, खानीखोला हाइड्रोपावर ५.०३ र नेपाल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ४.०८ प्रतिशतले कमाए । 

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७०, रिलायन्स फाइनान्स ३.०६, तेह्रथुम पावर कम्पनी २.६०, साना किसान विकास बैंक १.९८ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाए । 

 

facebook sharing button

twitter sharing button

messenger sharing button

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>