Samriddhipost
२०८३ जेठ २७ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख ३० गते बुधबार

एसइइमा ४ जीपीए ल्याउने कञ्चनपुरका ५ विद्यालयका ६ विद्यार्थी

माध्यामिक शिक्षा परीक्षा (एसईई) ०८२ मा कञ्चनपुरका आधा भन्दा थोरै विद्यार्थी उर्तिण भएका छन ।

जिल्लाबाट एसईई परीक्षामा सहभागि विद्यार्थी मध्ये नियमित तर्फ ५१.३२ प्रतिशत विद्यार्थी उर्तिण भएका हुन। शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्ग

अनुसार ८ हजार २४५ नियमित विद्यार्थी तर्फ ४ हजार, २३२ विद्यार्थी उर्तिण भएका छन । भने, ४ हजार १३ विद्यार्थी अनुर्तिण भएका छन ।

१ सय १३ सामुदायिक र १ सय १० निजी विद्यालय गरेर २ सय १२ विद्यालय मध्ये ५ निजी विद्यालयका ६ विद्यार्थीले मात्रै चार जिपिए ल्याएका छन। भीमदत्त

नगरपालिका ४ र कृष्णपुर नगरपालिका १ निजी विद्यालयका ६ विद्यार्थीले चार जिपिएर ल्याएका हुन ।

भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका छात्रद्वय शशांक जोशी, अनमोल चन्द, भीमदत्त नगरकै आर्दश विद्या निकेतनका नितेश जोशी, डाईमण्ड एकेडेमी गड्डाचौकीकी छात्रा आज्ञा श्रेष्ठ, युनाईटेड

पब्लिक स्कुल महेन्द्रनगरका सम्वृद्धि ऐरी र कृष्णपुर नगरपालिका ४ गुलरियाको नवयुग बाल विद्यालयका एलिसा साउद रहेका छन ।

कञ्चनपुरमा ०८० मा २, ०८१मा सुन्य र ०८२मा रछात्रा, ४ छात्र गरेर ६ विद्यार्थीले चार जिपिए ल्याएका हुन । तथ्याङ्ग अनुसार १.६देखि २सम्म जिपिए ल्याउने १, २देखि २.४०जिपिए ल्याउने २सय १२, २.४देखि २.८०जिपिए ल्याउने १हजार ६७, २.८०देखि ३. २०जिपिए ल्याउने १हजार १७, ३२०देखि ३.६०जिपिए ल्याउने १हजार ९४, ३६देखि ४जिपिए ल्याउने ४सय ३४ र ४जिपिए ल्याउने ६ विद्यार्थी रहेका छन ।

०८२मा नियमित ८ हजार २४५, एक्जामटेड २ हजार ४२९ र वल्ड पार्सियल ६८ विद्यार्थी एसईईमा सहभागि भएका थिए । छात्रा ४ हजार १४२ र छात्र ४हजार ८३ नियमित विद्यार्थीले परीक्षा दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले गत विगतका वर्षहरुको तुलनामा नतिजा सुधारोन्मुख भएको बताए । उनका अनुसार गत वर्ष भन्दा यस वर्ष ४ प्रतिशतले नतिजा सुधार भएको छ । गत विगतका वर्षहरु भन्दा ०८२मा नतिजामा सुधार आएको छ, 'उनले भने, 'यसमा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालयदेखिका सरोकारवाला निकायको भूमिका महत्वपूर्ण छ, 'उनले भने, 'अझै नतिजा सुधारका लागि अझै मेहनत गर्नुपर्ने देखियो।' सरकारी लगानीमा संचालनमा रहेका कुनैपनि विद्यालयका विद्यार्थीले चार जिपिए नल्याएको र निजी लगानीका विद्यालयका ५विद्यालयले चार जिपिए ल्याएपछि नागरिक स्तरमा समेत टिकाटिप्पणी भईरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>