कञ्चनपुर कृष्णपुर नगरपालिका–४ खल्ला ढैयामा सर्पदंशबाट एक महिला गम्भीर घाइते भएकी छन्। बिहीबार बिहान अन्दाजी ०५:०० बजेको समयमा स्थानीय लिला लामिछानेलाई आफ्नै घरको धाराबाट पानी ल्याउँदै गरेको अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले उनको दाहिने खुट्टाको पैतालामा टोकेको बताइएको छ।
घाइते लामिछानेलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली लगिएकोमा हाल उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ। घाइतेसँग उनकी छोरी सबिता लामिछाने रहेकी छन्।
गर्मीको सिजन सुरु भएसँगै सर्पहरू देखिन थालेका छन्। सर्पको टोकाइबाट जोगिन सावधानी अपनाउनु जरुरी छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया