Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १२ गते मङ्गलबार

कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वका मेला लागेको छ। सोमबार बार रातिदेखि मन्दिर क्षेत्रमा सुरु भएको मेला मङ्गलबार साँझसम्म जारी रहनेछ। 

मेलामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्यामा श्रद्धालु भक्तजन धार्मिक क्षेत्रमा पुगेका छन्। हरेक वर्ष जेठको शुक्लपक्षको गङ्गादशहरा पर्वका अवसरमा यहाँ भव्य मेला लाग्ने परम्परा छ। 

नक्टाबाबा (कालेश्वर) मन्दिरमा सच्चा मनले पूजा गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भावको प्रतीकका रूपमा परिचित यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीले विशेष आस्थाका साथ हेर्ने गरेका छन्।

स्थानीय बिन्तीराम चौधरीका अनुसार नक्टाबाबा क्षेत्र प्राचीनकालदेखि तपस्या तथा साधनास्थलका रूपमा परिचित रहँदै आएको छ। दोदा नदीको तटीय क्षेत्रमा रहेको कालेश्वर महादेवको पूजा–आराधना गरे रोगव्याधि हट्ने, परिवारमा सुखशान्ति कायम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको उनी बताउछन्।

गङ्गादशहरा पर्वका अवसरमा मन्दिर क्षेत्रमा विशेष पूजा, भजनकीर्तन, धार्मिक अनुष्ठानको आयोजना गरिएको छ। मेलामा व्यापारिक कारोबारका लागि टाढाटाढाबाट व्यापारी पुगेका छन्। मन्दिर व्यवस्थापन समितिका अनुसार खाना, सांस्कृतिक वस्तुहरु, व्यापारिक प्रयोजनका पसल मन्दिर परिसर क्षेत्रमा राखिएका छन्। मेलालाई मध्यनजर गर्दै बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले जेठ १२ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। 

कैलाली, खप्तड, गोसाईकुण्ड लगायतका विभिन्न ठाउँमा गङ्गादशरा मेला हुने गर्दछ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>