कञ्चनपुरको दैजी–बेलडाँडी सडकमा बाघको आक्र्रमणमा परेर चार जना घाईते भएका छन ।
मंगलबार साँझतिर दैजी–बेलडाँडी सडकमा बाघको आक्र्रमणमा परेर एकै घरका तीन सहित चार जना घाईते भएका हुन ।
बेलौरी नगरपालिका ९रतनपुरका बिरेन्द्र ठगुन्ना, निजकै श्रीमती कल्पना ठगुन्ना, ठगुन्ना दाम्पतीका अढाई बर्षिया नाबालक छोरा रियान्स ठगुन्ना र ठगुन्नाकी भान्जी भीनपा १५ खैरभट्टकी बालिका आरुसी शाहु घाईते भएका छन ।
घाईतेहरुको महाकाली अस्पतालमा उपचार भईरहेको छ । महेन्द्रनगरदेखि बेलौरी घर जाने क्रममा बेलडाँडीको कालिकिच नजिकै बाघले आक्र्रमण गरेपछि चारै जना घाईते भएका हुन ।
मोटरसाईकल चालक समेत रहेका घाईते बिरेन्द्र ठगुन्नाले आफुमाथि बाघले शुरुमै आक्र्रमण गरेर मोटरसाईकल लडाएको बताए ।
‘म, श्रीमती, छोरा र भान्जी सहित घर गईरहेका थियौँ, ‘उनले भने, ‘सडकमा एक्कासी बाघ आयो, मलाई झम्टियो, हामीले होहल्ला ग¥यौँ, त्यसपछि मोटरसाईकल अनियन्त्रित भयो, हामी त्यही लड्यौँ, महेन्द्रनगर आईरहेको एक सरकारी कार्यालयको गाडीले उद्दार गरेर अस्पताल पु¥यायो, ‘उनले भने, ‘भाग्यले बाँचियो ।’
सदैव आफुले त्यही सडकमा आउजाउ गरेपनि पहिलो पटक बाघले आक्र्रमण गरेको उनले अनुभव सुनाए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर महेन्द्रनगर धनगढी जोड्ने उक्त दैजी बेलडाँडी सडकमा बन्यजन्तुको आक्र्रमण हुन थालेपछि यात्रु त्रसित भएका छन ।
शुक्लफाटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरमा पर्ने यो सडक खण्ड महाकाली सिचाईको मूल नहरसँगै निर्माण गरिएको हुलाकी राजमार्ग हो। करिब १६ किलोमिटर निकुञ्ज क्षेत्रमा यो राजमार्ग रहेको छ।
शुक्लफाटा राष्ट्रिय निकुञ्जमा भागको सङ्ख्या बढ्दै गएर करिब ४४ पुगेको छ। बाघको सङ्ख्या बढेपछि पहिलोपटक बाघले आक्रमण गरेको घटना हो यो।
यो बाहेक हात्ति बाटो छेक्ने र आक्रमणमा पर्ने घटना विगतमा पनि भएका छन्।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया