Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १४ गते बिहिबार

सिमेन्टका नाममा उपभोक्तालाई ठग्दै बालाजी सिमेन्ट इन्डस्ट्री

बालाजी सिमेन्टका नाममा उपभोक्तालाई ठग्ने गरेको भेटिएको छ। बालाजी सिमेन्ट इन्डस्ट्री कपिलवस्तुको उत्पादन बाहुबली सिमेन्ट उपभोक्ताले निर्माणमा लगाएको एक हप्तासम्म पनि सेट नभएर सजिलै उक्किने फुट्ने र बग्ने गरेको देखिएको छ।

यसरी कम्सल गुणस्तरको वा कम्पनीले सिमेन्टका नाममा ठगी गरिएको देखेपछि उपभोक्ताले हामीलाई सम्पर्क गरेर खरिद गरेर प्रयोग गरेको बोरा र त्यो बोराभित्र केही बचेको सिमेन्ट समेत समृद्धि पोष्ट डट कम लाई देखाएका छन्।

यो देखेपछि हामीले कम्पनीको सम्पर्क नम्बर खोज्ने प्रयास गर्यौ। कम्पनीको वेबसाइट तर्फ नम्बर खोजेर पाएको नम्बर ०१ ५३२०६८० ा सम्पर्क गर्‍यौं। यो नम्बरमा सम्पर्क गर्दा आगमन कल निषेध गरिएको भनेपछि हामीले यो रेकर्ड गरेर भिडियोमै राखेका छौ । 

यसपछाडि कुनै मोबाइल नम्बर पाइन्छ कि भनेर हामीले ९८०२३०१५२८ नम्बरको अर्को नम्बर पायौ। यसमा सम्पर्क गर्दा फोन लागेन यस पछाडि यो कम्पनीको उत्पादन उपभोक्ता ठग्ने किसिमको हो र उपभोक्ताका कलहरू नआउन या उनीहरूको समस्या के थियो भन्ने बुझ्न उचित नठानेर यस्ता नम्बरहरु राखिएको अनुमान लगाउनुपर्ने स्थितिमा हामी पुग्यौ । 

यस्ता सिमेन्ट कम्पनीहरूले उत्पादन गरेको सिमेन्टको बोरामा उत्पादन मिति एक्सपायर मिति र कति दिनसम्म उपभोग गर्न सकिने किसिमको हो । यसको ब्याच नम्बर र कम्पनीका सम्पर्क नम्बरहरू समेत यसमा उल्लेख हुनुपर्ने थियो। तर यो बोरामा यस्तो देखिँदैन।

यसलाई सम्बन्धित निकायहरूले अनुगमन र नियमन गर्नु आवश्यक देखिएको छ। यो सिमेन्टका बारेमा विगतका वर्षमा समेत गुणस्तरहीन सिमेन्ट प्रयोग गरेको उपभोक्ताको गुनासो विभिन्न संचार माध्यमहरूले सार्वजनिक गरेका थिए।
यसपटकको यो घटना कञ्चनपुरको भीमदत्त नगरपालिका भित्रको हो।

कम्पनीको सिमेन्टको बोरा र उक्त कम्पनीको माथि उल्लेखित नम्बरमा सम्पर्क गरेको रेकर्ड तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>