Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १७ गते आइतबार

भारतकाे भुमि नेपालले पनि मिचेकाे छ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबिचको सीमा विवादका विषयमा एक सनसनीपूर्ण दाबी गरेका छन्। आइतबार संसद् बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भारतले मात्र नभई नेपालले पनि भारतको भूभाग मिचेको दाबी गरेका हुन्। संसद् बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेकसहित सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकहरूले 'देशमा सरकार भएको' अनुभूति कसरी गर्न पाउँछन् भनी प्रश्न गरेका थिए। सोही प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री शाहले सीमा मिचिएको विषयमा नयाँ तथ्य खुलासा गरेका हुन्। सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ। मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। त्यसलाई चैँ दुई वटै देशले साथीको रूपमा बसेर समाधान गर्ने सोच राखेका छौँ।’ प्रधानमन्त्री शाहले दुवै देशले एक अर्काको सीमा मिचेको आरोप-प्रत्यारोप चलिरहेको अवस्था रहेको स्वीकार गरे। यस्ता संवेदनशील सीमा समस्याहरूको स्थायी र न्यायोचित समाधानका लागि सरकार गम्भीर रहेको र दुवै देशबिच कूटनीतिक वार्ताका माध्यमबाटै समाधान खोजिने उनले संसद् समक्ष स्पष्ट पारेका छन्। सांसद राईले जीबी राईबारे पनि प्रश्न गरेका थिए। तर प्रधानमन्त्री शाहले कुनै जवाफ दिएनन्। सो अवसरमा उनले सुकुम्बासी समस्या समाधान र बाँदर नियन्त्रण गर्न सरकारले काम गरिरहेको दाबी गरेका थिए। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>