Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १८ गते सोमबार

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अभिव्यक्तिविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जनवर्गीय सङ्गठन समन्वय मोर्चाले देशभर आन्दोलकका कार्यक्रम घोषणा गरेको छ । 

सोमबार बसेको मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम घोषणा गरेको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिए । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । मोर्चाले उक्त अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दै जनतासँग माफी माग्नुपर्ने बताएको छ । 

मोर्चासँग सम्बन्धित पार्टीका जनवर्गीय सङ्गठनहरूले प्रधानमन्त्रीको उक्त 'आत्मसमर्पणवादको विरोध गरौँ, राष्ट्रिय अखण्डताको रक्षा गराैँ' भन्ने नाराका साथ आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसअनुसार सबै सङ्गठनहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने, विरोधपत्र बुझाउने, विद्यार्थीहरूको संयुक्त पहलमा विरोध प्रदर्शन गर्ने, मसाल जुलुस निकाल्ने लगायतका २१ गतेसम्मका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरिएको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>