प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूलाई जवाफ दिने क्रममा नेपालले पनि भारतको जमिन अतिक्रमण गरेको विषय बोलेको र उक्त अभिव्यक्ति देशभक्त युवाहरू र सारा नेपालीहरू को गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत बुधबार वाईसीएल जिल्ला संयोजक रमेश पार्कि नेतृत्वमा ज्ञापन पत्र बुझाएका छन् ।
उक्त पत्रमा प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवार, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल र स्थापित ऐतिहासिक तथ्य विपरीत छ। देशको प्रधानमन्त्री तथा कार्यकारी प्रमुखका रूपमा राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु तपाईको प्रमुख कर्तव्यसमेत हो। तपाईको उक्त राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा एवं भत्र्सना गर्दछौं। यस्तो खाले गैरजिम्मेवार र राष्ट्रघाती अभिव्यक्ति देशको कार्यकारी प्रमुखबाट आउनु भनेको कतै नेपाली भूमी भारतलाई सुम्पने षड्यन्त्र त होईन भन्ने आशंकासमेत पैदा भएको उल्लेख छ ।
यस्तै विगतमा तपाई र तपाई आबद्ध पार्टी रास्वपाले विभिन्न निर्णय गर्नु भन्दा अगाडि मिडिया ट्रायल गर्ने गरेको पाईन्छ । कतै यो पनि त्यही सिलसिलाको कडी त होइन गम्भीर प्रश्न खडा भएको छ ? मिडिया ट्रायल, सामाजिक सञ्जालको दुरूपयोग, अल्गोरिदम गलत प्रयोग गरी नेपाली जनतालाई झुक्याएको जस्तो होइन-राज्य सञ्चालन गर्न। प्रधानमन्त्रीका रूपमा तपाईले स्थापित मूल्य एवं मान्यतालाई व्यवास्था गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रति उदासिनहुने, राष्ट्रपति संस्थाको उपहास गर्ने, संसदलाई अपमान गर्ने, संसदीय नियम कानुनलाई वेवस्ता गर्ने गतिविधि गर्दै आउनु भएको छ। कतै तपाई हजारौं शहिदहरूको वलिदानी र लाखौं जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कमजोर बनाउने नियोजित खेल खेल्न त लाग्नु भएको छैन ? भन्ने प्रश्न उठिरहेको छ ।
अहिलेसम्म भारतले नै कहीं कतै दाबी नगरेको विषय प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले कपोकल्पित रूपमा संसद्को रोष्टमबाट अभिव्यक्तगर्नु राष्ट्रप्रेमी जनताको लागि असैह्य विषय हो। तपाईको उक्त राष्ट्रघाती अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको छ ।
उपरोक्त जनविरोधी तथा राष्ट्रघाती गतिविधिहरू हामी देशभक्त, राष्ट्र प्रेमी र जनजीविका पक्षमा आवाज बुलन्द गर्ने युवाहरूको निम्ति कदापी सह्य हुनसक्दैन । नेपाली जनताको धैर्यताको बाँध नटुट्दै जनता समक्ष माफी मागेर राष्ट्रघाती अभिव्यक्ति फिर्ता लिदै प्रधानमन्त्रीपदबाट राजीनामा दिन हामी तपाईलाई आह्वान गर्दछौं उल्लेख गरिएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया