कञ्चनपुरकी एक युवती कैलालीमा लागुऔषध (खैरो हेरोइन)सहित पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-६ महेन्द्रनगरकी ३६ वर्षीया ममता भट्ट रहेको प्रहरीले जनाएको छ।
कैलालीको गोदावरी नगरपालिका-२ अत्तरीयामा डेरा गरी बस्दै आएकी भट्टको साथबाट १ ग्राम १६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। बुधबार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनको डेरा कोठामा खानतलासी गर्ने क्रममा खैरो हेरोइन फेला पारेको हो।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया