Samriddhipost
२०८३ साउन ०१ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ २२ गते शुक्रबार

वेदकोटमा विश्व वातावरण दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला प्रदर्शनी सम्पन्न

विश्व वातावरण दिवस (5th Jun 2026) को पावन अवसरमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ मा 'धुवाँका कारण स्वास्थ्य र वातावरणमा पर्ने असर' विषयक एक दिवसीय सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
वेदकोट न.पा.-१, कञ्चनपुरस्थित श्री चन्द्र ज्योती ग्रामीण विद्युत सहकारीको सभागृहमा 'धुवाँ मुक्त गाउँ अभियान कार्यक्रम' अन्तर्गत आयोजित उक्त विशेष कार्यक्रम SNV नेपालका FRANKE परियोजना व्यवस्थापक आर्या शरद गौतम ज्यूको अध्यक्षता तथा वेदकोट नगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष श्री विनोद विष्ट ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
विद्यार्थी र स्थानीयको उत्साहजनक सहभागिता
वातावरण संरक्षण र स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यले आयोजित यस कार्यक्रममा वडा भित्रका ३ वटा आधारभूत विद्यालयहरू: गणेश आधारभूत विद्यालय, सिद्धनाथ आधारभूत विद्यालय,आस्थापुञ्ज एकेडेमी का गरी झण्डै १५० जना विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन संस्थाका क्षेत्र संयोजक शिवराज पनेरुले गर्नुभएको थियो।

वक्तृत्वकलासँगै कलात्मक 'आर्ट ग्यालरी'
कार्यक्रममा मुख्य आकर्षणको रूपमा वक्तृत्वकला प्रतियोगिताका साथै वातावरण दिवसको महत्त्व झल्किने चित्रकला प्रदर्शनी (Art Gallery) समेत राखिएको थियो। जहाँ झण्डै १२ जना विद्यार्थीहरूले वातावरण संरक्षण र धुवाँमुक्त समाजको परिकल्पना गरी तयार पारेका उत्कृष्ट चित्रहरू प्रदर्शनमा राखिएका थिए।

स्वास्थ्य र वातावरणको सवालमा जोड

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कार्यवाहक वडा अध्यक्ष विनोद विष्ट ज्यूले धुवाँयुक्त भान्साका कारण मानव स्वास्थ्य (विशेषगरी महिला र बालबालिकाको फोक्सो र श्वासप्रश्वास) मा परिरहेको नकारात्मक असर र त्यसले वातावरणमा पुर्‍याएको क्षतिबारे चर्चा गर्नुभयो। उहाँहरूले परम्परागत चुल्होको विकल्पमा आधुनिक, विद्युतीय र वातावरणमैत्री प्रविधिको प्रयोग बढाएर गाउँलाई धुवाँ मुक्त बनाउन यस्ता चेतनामूलक अभियानहरू निकै प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले धुवाँका कारण स्वास्थ्य र वातावरणमा पर्ने असरबारे आफ्ना तार्किक भनाइहरू प्रस्तुत गरेका थिए भने उपस्थित स्थानीय सरोकारवालाहरूले यस अभियानलाई व्यावहारिक रूपमै सफल पार्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>