पत्रकार महासङ्घ कञ्चनपुरले आफ्नै सदस्य ऐश्वर्या कुँवरलाई निलम्बन गरेको छ।
पत्रकार कुँवरले आइतबार भीमदत्त नगरपालिका वडा १८ का वडा अध्यक्ष र सदस्यहरूसँग वादविवाद गरिरहेको भिडियो सार्वजनिक भएको थियो। यसै भिडियोमा कुँवरले वडा अध्यक्षलाई हात हालेको देखिन्छ भने पत्रकार कुँवरले आफू रिपोर्टिङमा गएको बताएकी थिइन्।
आइतबारै वडा अध्यक्षको निवेदनपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुँवरलाई हिरासतमा राखेको छ।
सोमबार पत्रकार महासङ्घका सचिव कुन्दन पाण्डेयद्वारा जारी विज्ञप्तिमा अवद्र व्यवहार पदीय मर्यादा र आचरण विरुद्ध काम गरेको भन्दै साधारण सदस्यबाट निलम्बन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी कारबाही गर्न र वडा अध्यक्षले बोलेका कुराहरूको प्रमाण दिइ अनुसन्धानमा सहयोग गर्न समेत उल्लेख गर्दै विज्ञप्ति जारी भएको छ।
यस सम्बन्धीको भिडियो लिङ्कमा
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया