Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार ११ गते बिहिबार

कैलालीको अत्तरियास्थित विभिन्न होटलमा प्रहरीले छापा मारेर १९ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरासिंह महराको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिल्टनसहित विभिन्न होटलमा अनुगमन तथा छापा अभियान सञ्चालन गरेको थियो।

प्रहरीका अनुसार अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा १९ जनालाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। पछिल्लो समय होटल तथा लजहरूमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी र अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

यसअघि बुधबार मात्रै धनगढीका विभिन्न ६ वटा होटलमा गरिएको छापामार कारबाहीका क्रममा २४ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले यस्ता गतिविधिविरुद्ध अभियानलाई निरन्तरता दिने र कानुनविपरीत कार्यमा संलग्नमाथि आवश्यक कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>