Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार १२ गते शुक्रबार

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ । प्रचार प्रशार तथा प्रकाशन उपसमितिले बिहिबार पत्रकार सम्मेलन गर्दे छैटौँ दीक्षान्त समारोहको तयारी पुरा भएको जनाएको हो । शुक्रबार विश्वविद्यालयको केन्द्रिय कार्यालयमा हुन लागेको दीक्षान्त समारोहमा सात सय ६७ विद्यार्थी सहभागी हुँदैछन् । जसअनुसार कृषि विज्ञान संकाय तर्फबाट ३३ विद्यार्थी, शिक्षा संकायबाट २४२, इन्जिनियरिङ् संकायबाट ५३ विद्यार्थी, मानविकी र सामाजिक विज्ञान संकायबाट १८२, व्यवस्थापन संकाय तर्फबाट २३९ र विज्ञान तथा प्रविधि संकायबाट १८ जना विद्यार्थी दीक्षान्त समारोहमा गाउनसहित सहभागी हुनेछन् ।

 

परिक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार, दीक्षान्त समारोहमा विद्यार्थीहरु सहित अभिभावकहरु पनि सहभागि हुने छन् । उहाँका अनुसार, ९ औँ ग्रेस लिस्टमा समावेश दुई हजार चार सय ८९ विद्यार्थीहरुले ट्रान्सक्रिप्ट लिएका थिए । दीक्षान्त समारोहमा सहभागी हुनेहरुका लागि संकाय अनुसार, छुट्टा छुट्टै टेबुलको व्यवस्था मिलाइएको छ । दीक्षान्त समारोह पश्चात् मूल प्रमाणपत्र वितरण गरिनेछ । तर चान्सलर पदक वितरणको काम भने तत्कालका लागि स्थगित गरिएको छ । स्नातकोत्तर तह उत्र्रिण रेखा भट्टले पदक छनौँटमा विवेध गरिएको भन्दै उच्च अदालत दिपालय महेन्द्रनगर इजलासमा रिट दायर गरेपछि पदक वितरण तत्कालका लागि स्थगित भएको परीक्षा नियन्त्रक रोकायाले बताउनुभयो ।

 

उच्च अदालत दिपालय महेन्द्रनगर इजलासका सुचना अधिकारी गणेश भट्टले सुदूरपश्चिम विश्वविद्यालय सहित ईन्जिनियर संकायको डीन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय उपकुलपतिको कार्यालयलाई विपक्षी बनाएर दायर गर्नुभएको रिटको बिहिबार अन्तरिम आदेश जारी भएको बताउनुभयो । उहाँका अनुसार, इजलासका न्यायाधिश श्यामजी प्रधानको एकल ईजलासले जारी गर्नुभएको अन्तरिम आदेशमा प्रकासित सूचना यथास्थितिमा राख्दै शुक्रबार बिहान रिटकर्ता र विपक्षीलाई छलफलका लागि अदालतमा बोलाइएको छ । उच्च अदालतमा रिट दायर पछि पदक वितरणको कार्य स्थगित गरिने भएको हो ।

 

परिक्षा नियन्त्रक रोकायाले विद्यार्थीले समयमै थेसिज नबुझाउदा पदकमा समावेस गर्न नसकिएको बताउनुभयो । दिक्षान्त समारोहमा चान्सलर तर्फ व्यवस्थापन संकायका निशान्त चन्द, भ्वाईस चान्सलर तर्फ कृषि विज्ञानका कैलाशराज भट्टले पदक पाउने छन् । स्वर्ण पदक तर्फ ललित कार्की, दुर्गा देवी निशान्त चन्द, पं्रेम बहादुर रोकाया, दिवाकर पन्त, भरत साउद, कविता जोशी, रजिन बोहरा, कैलाशराज भट्ट र डिन्स पदक तर्फ मथुरा प्रशाद उपाध्याय, कैलाशराज भट्ट, आयुसा जोशी, भरत साउदले पाउने भएका छन । यस पटक चार विद्यार्थीले पहिलो पटक डिन्स पदक पाउन लागेका हुन । यस पटक विद्यावारिधी गर्ने पहिलो महिला डा। तुलसी कुमारी हुनुहुन्छ । विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा हुने समारोहका प्रमुख अतिथि साहित्यकार प्राडा। तुलसी प्रशाद जोशी रहनुभएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>