Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार १३ गते शनिबार

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शुक्रवार सम्पन्न दीक्षान्त समारोहमा दुई हजार चार सय ८९ विद्यार्थी दीक्षित हुनुभएको हो । समारोहमा विश्वविद्यालयबाट विद्यावारिधि लिनुभएका डा.तुलसी कुमारीलाई पनि दीक्षित गरिएको छ ।

दीक्षान्त समारोहमा चार विद्यार्थीलाई पहिलो पटक डिन्स पदक पनि प्रदान गरिएको छ । डिन्स पदक तर्फ मथुरा प्रसाद उपाध्याय, कैलाश राज भट्ट, आयुशा जोशी, भरत साउदलाई प्रदान गरिएको छ । त्यसै गरी, चान्सलर तर्फ व्यवस्थापन संकायका निशान्त चन्द, भ्वाइस चान्सलर तर्फ कृषि विज्ञानका कैलाशराज भट्टले पदक प्राप्त गर्नुभएको छ ,भने स्वर्ण पदक तर्फ ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेम बहादुर रोकाया, दिवाकर पन्त, भरत साउद, कविता जोशी, रजिन बोहरा, कैलाशराज भट्टलाई प्रदान गरिएको छ ।

दीक्षान्त समारोहमा सात सय ६७ विद्यार्थी सहभागी थिए । जसअनुसार कृषि विज्ञान सङ्काय तर्फबाट ३३ , शिक्षा संकायबाट २४२, इन्जिनियरिङ संकायबाट ५३ विद्यार्थी, मानविकी र सामाजिक विज्ञान संकायबाट १८२, व्यवस्थापन सङ्काय तर्फबाट २३९ र विज्ञान तथा प्रविधि संकायबाट १८ जना विद्यार्थी दीक्षान्त समारोहमा गाउनसहित सहभागी भएका थिए ।

परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार, दीक्षान्त समारोहमा विद्यार्थीहरू सहित अभिभावकहरू पनि सहभागी भएका थिए । उहाँका अनुसार, ९ औँ ग्रेस लिस्टमा समावेश दुई हजार चार सय ८९ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयबाट आर्जित ज्ञानलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

यस उपाधि प्राप्त गराउन अभिभावको भूमिका निकै महत्त्वपूर्ण रहेको बताउनुहुँदै मन्त्री पोखरेलले अभिभावक प्रति सराहना व्यक्त गर्नुभयो ।साथै, मन्त्री पोखरेलले टीकापुर क्याम्पसको तीन सय बिघा जमिनको विश्वविद्यालयको स्वामित्वमा रहे पनि प्रयोगमा ल्याउनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यसै गरी समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहित्यकार प्राडा. तुलसी प्रसाद जोशीले ज्ञानलाई जीवन र व्यवहारमा अनुवाद गरेर उतार्ने दक्षता प्राप्त गर्न सक्नुपर्ने बताए ।

समारोहमा दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले दीक्षान्त समारोहले प्रमाणपत्र मात्रै प्रदान गर्ने नभई दीक्षा र शिक्षालाई व्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिए ।

चार सञ्चारकर्मी दीक्षितछैटौँ दीक्षान्त समारोहमा कञ्चनपुरमा कार्यरत चार जना सञ्चारकर्मी पनि दीक्षित हुनुभएको छ । जसमध्ये सञ्चारकर्मी सुरज श्रेष्ठ, मदन गिरी, कल्पना साउद र सन्तोषी पाण्डेय पनि दीक्षित हुनुभएको छ ।

त्यसै गरी, कञ्चन आवाजका सम्पादक श्रेष्ठले व्यवस्थापन संकायमा स्नातकोत्तर, फारवेष्ट पोस्ट दैनिकका सम्पादक कल्पना साउदले मानविकी संकायमा पत्रकारिता विषयमा स्नातक र सुदूर डायरीका पत्रकार सन्तोषी पाण्डेयले पनि मानविकी सङ्काय पत्रकारिता विषयमा स्नातक तह उत्तिर्ण गर्नुभएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>