Samriddhipost
२०८३ भदौ २६ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार १७ गते बुधबार

विद्यालयबाट हराएकी बालिका मृत फेला

कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।

लम्कीचुहा नगरपालिका–४ अम्मरपुर निवासी विकास कामीकी छोरी मनिषा बिक मंगलबार बिहान लम्कीचुहा–२ मोतिपुरस्थित जनचेतना आधारभूत विद्यालयको शिशु कक्षामा अध्ययनका लागि पुगेकी थिइन् । बिहान करिब ७ बजे विद्यालयमा छोडेर गएपछि उनी विद्यालयबाटै सम्पर्कविहीन भएकी थिइन् ।
बालिका हराएको जानकारी परिवारले इलाका प्रहरी कार्यालय लम्कीलाई दिएपछि प्रहरी निरीक्षक जयबहादुर चन्दको कमाण्डमा सात सदस्यीय टोली तत्काल खोजीमा परिचालन गरिएको थियो । साँझ थप खोजीका लागि प्रहरी निरीक्षक कबिराज रोकायाको कमाण्डमा पाँच सदस्यीय अर्को टोली पनि परिचालन गरिएको थियो ।
बुधबार बिहान खोजी गर्ने क्रममा लम्कीचुहा नगरपालिका–५ चौरीस्थित रोरा खोलाको किनारमा मनिषा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको कैलाली प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>