Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार २२ गते सोमबार

सडकमा गोप्य अङ्ग महिलालाई देखाएको आरोपमा बैतडीका भट्ट पक्राउ

ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरि गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा सरकारका एक अधिकृत पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृतलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला प्रहरी परिसर मातहतको प्रहरी वृत्त सातदोबाटोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पीडित महिलाले भट्टले सार्वजनिक स्थलमा गरेको सो आपत्तिजनक हर्कतको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। भिडियो भाइरल भएलगत्तै एक्सनमा उत्रिएको प्रहरी टोलीले भट्टको पहिचान गरी उनलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी मुलुकी अपराध संहिता बमोजिम कानूनी प्रक्रिया अघि बढाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>