Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार २३ गते मङ्गलबार

सिद्ध आश्रम बनाउन पहल सुरु

सिद्ध आश्रम बनाउन पहल सुरु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ बजारमा रहेको सिद्धबाबाको मन्दिर( सिद्धनाथ ) मा देशविदेशबाट आउने तीर्थलुहरूलाई घामपानी हावाहुरीबाट ओत लाग्ने ठाउँ नरहेको, मन्दिरमा हुने विभिन्न कार्यक्रममा हुने भण्डारा लगायतलाई सामान राख्न समेत ठाउँ नहुने लगायत विभिन्न समस्या रहेका छन्।

यी समस्याहरूलाई समाधान गर्नका लागि एउटा आश्रम बनाउने प्रयास मन्दिर व्यवस्थापन समितिले गरेको छ।

यसै प्रयासलाई सार्थक पार्नका लागि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहसँग मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले सोमबार भेटघाट गरी छलफल गरेका छन्।

छलफलमा भारतबाट पनि लाखौं दर्शनार्थीहरू यहाँ आउने र उनीहरूको दर्शन सुव्यवस्थित बनाउन समेत सहज हुने भएकाले आश्रम निर्माणका लागि भारतीय दूतावासलाई सहयोग लिन सकिने विषयमा समेत छलफल भएको मन्दिर व्यवस्थापन समितिका महासचिव सीके भट्टले बताएका छन्।

मन्दिरमा लाग्ने मेलाका समयहरूमा मन्दिरमा आउने श्रद्धालु भक्तजनहरूलाई बस्न उभिनका लागि समेत ठाउँको अभाव हुने गरेको र उक्त ठाउँका लागि समेत मन्दिरसँग जोडिएका जग्गाहरूका बारे सोधखोज गरिरहेको,  स्थानीय सरकार, प्रदेश र संघ सरकारले सहयोग गरेमा ठाउँ समेत व्यवस्थापन हुनसक्छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>