Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार २५ गते बिहिबार

कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता २०८३ मा के छ व्यवस्था ?

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ। मन्त्रालयले कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाई कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्री प्रतिभा रावलस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भएको र असार २२ गतेबाट कार्यान्वयनका लागि सबै महाशाखा र निकायहरूमा पठाइएको आचारसंहितामा कर्मचारीहरूलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेको छ । कर्मचारीले कार्यालयको काममा रहेको समयमा कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियोहरू सामाजिक सञ्जालमा राख्न नपाउने आचार संहितामा उल्लेख छ । तर, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो नियम लागू नहुने आचारसंहितामा लेखिएको छ । 

फेसबुक, ट्वीटर, ह्वाट्सएप, टिकटक जस्ता सञ्जालहरू प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने सर्त पनि आचार संहितामा राखिएको छ । सरकारको नीति र कार्यक्रमको प्रतिकूल हुने गरी लेख रचना प्रकाशित गर्न वा सामाजिक सञ्जालमा टिप्पणी गर्न समेत रोक मन्त्रालयले रोक लगाएको छ । 

कर्मचारीहरूलाई सेवाग्राहीसँग शिष्ट, मर्यादित र समान व्यवहार गर्न निर्देशन दिएको छ। कुनै पनि प्रकारको मोहलाहिजा, पक्षपात वा पूर्वाग्रह बिना कार्य सम्पादन गर्नुपर्ने र सेवाग्राहीलाई धर्म, वर्ण, लिङ्ग वा जातका आधारमा भेदभाव गर्न नपाइने नियम पनि मन्त्रालयले बताएको छ । 

कार्यस्थल भन्दा बाहिर सेवाग्राहीसँग भेटघाट गर्न प्रतिबन्ध लगाइएको छ। कर्मचारीले कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्ट भएर काम गर्न पाउने छैनन् र पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन पाउने छैनन्।

कर्मचारीहरूले कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने, तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ। कार्यालयमा रहँदा वा सार्वजनिक स्थलमा मदिरा सेवन, जुवातास खेल्ने वा धूम्रपान गर्ने जस्ता अमर्यादित कार्य गर्न पाइने छैन।

सरकारी प्रतीक चिन्ह, छाप, इमेल, पासवर्ड र सरकारी कागजातहरूको सुरक्षा गर्ने जिम्मेवारी कर्मचारीको हुनेछ। सरकारी सम्पत्ति, सूचना प्रणाली र उपकरणहरूको दुरुपयोग गर्न नपाइने र व्यक्तिगत लाभका लागि प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ।

आचारसंहिता पालना भए/नभएको बारे मन्त्रालयको सचिव वा निजले तोकेको अधिकृतले नियमित अनुगमन गर्ने र आचारसंहिता विपरीतका कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।
यस्तो छ आचारसंहिताको पूर्णपाठ :

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>