Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन ०७ गते बिहिबार

छाडा पशु चौपायामा पालिका र प्रदेश सरकारको लगानी बालुवामा पानी

राजमार्गमा पशु चौपायाका बथान भेटिन्छन्, नेपालको सबैभन्दा लामो राजमार्ग महेन्द्र राजमार्गको पश्चिमी भाग गड्डाचौकी सुरुवाती बिन्दुबाटै छाडा पशु चौपायाका बथान देखिन्छन । 

 

यिनै पशु चौपाएका कारण कञ्चनपुरमा मात्र एक वर्षमा १६वटा दुर्घटना भएका छन्। यिनै दुर्घटनाहरूमा ४१ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएको तथ्याङ्क प्रहरीसँग छ।

प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनका लागि प्रत्येक वर्ष लगानी गर्दै आइरहेको छ। यस्तै पालिकाहरूले पनि प्रत्येक वर्ष लगानी गरेर छाडा पशु चौपाया हटाउन प्रयत्न गरिरहेका बजेट देखिन्छन्। तर प्रदेश सरकार र पालिका सरकारहरूले गरेको करोडौँ रुपैयाँको लगानी बालुवामा पानी भएको प्रष्ट देखिन्छ । 

यसरी लगानीसमेत बालुवामा पानी हुने र राजमार्गमा पशु चौपायाको बास हुन थालेपछि पशु चौपायाको ज्यान जोखिममा छ नै मानिसहरूको ज्यान समेत जोखिममा छ।

यसरी नेपालका राजमार्गमा छाडा पशु चौपाएको बाँसले नेपालमा आउने पर्यटकहरू समेत एउटा नकारात्मक धारणा बोकेर जाने प्रष्ट देखिन्छ यसकारण पनि सरकारले पशु चौपाया सडकबाट हटाउन र किसानहरूको खेतीबाली जोगाउन समेत काम गर्नुपर्ने देखिन्छ।

सरकारको लगानी भालुवामा पानी भएको छ यता मानिसका ज्यान गइरहेका छन् पशु चौपाएका ज्यान गइरहेका छन्। विदेशी पर्यटकहरुले समेत नेपालको छवि धुमिल भएको प्रचार गर्नेछन् यस्तो अवस्थाबाट जोगाउन तत्काल पहल भएन भने झनै अवस्था खराब हुनेछ । 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>