महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका-५, गुलरिया क्षेत्रमा आइतबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ।
दुर्घटनामा कृष्णपुर नगरपालिका-७ निवासी ३३ वर्षीय ओमप्रकाश भट्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अत्तरियाबाट पश्चिमतर्फ जाँदै गरेको सुप प्र ०१-०१० प ५११० नम्बरको मोटरसाइकल सडकमा डोर्याइएको पाडोसँग ठोक्किएको थियो। पाडोसँग ठोक्किएपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको सुप प्र ०१-००१ च ४३४७ नम्बरको स्कारपियोसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई तत्काल उपचारका लागि नवजीवन अस्पताल, अत्तरिया पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि अत्तरिया अस्पताल रेफर गरिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।
घटनापछि प्रहरीले सडकमा पाडो डोर्याइरहेका कृष्णपुर नगरपालिका-१, श्रीपुर निवासी गाजीराम सार्की तथा स्कारपियो चालक गोदावरी नगरपालिका-१ निवासी सुवास चौधरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीले राजमार्गमा पशु चौपाया जथाभावी छाड्ने वा सडक पार गराउँदा अत्यन्त सावधानी अपनाउन तथा सवारी चालकलाई पनि उच्च सतर्कताका साथ सवारी चलाउन आग्रह गरेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया