नेपालको पश्चिमी नाका गड्डाचौकी सँगै जोडिएको भारतीय बजार वनवसा स्थित भारतीय सीमा सुरक्षाबल एसएसबीको क्याम्पमा नेपाल, भारतका व्यवसायी, उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीका प्रतिनिधि समेत भारतीय प्रशासक र सुरक्षा निकाय समेत मङ्गलबार एक बैठक भएको छ।
बैठकमा भारतका तर्फबाट एसडीएम, एसएसबी कमान्डेन्ट जसोवन्त सेनापति, मुख्यमन्त्री प्रतिनिधि दीपक रजवार, बनबसा व्यापार मण्डलका अध्यक्ष भरत भण्डारी, महामन्त्री अभिषेक गोयल, उपाध्यक्ष आशिष गर्ग, कोषाध्यक्ष कोमल गुप्ता।, सभासद हर्षित गोयल र सन्दीप पाठक उपस्थिति थियो भने नेपालका तर्फबाट उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका पूर्व उपाध्यक्ष, नेपाल भारत मैत्री सङ्घ जिल्ला महासचिव, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ प्रदेश उपाध्यक्ष माधव जोशी, इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेशका निवर्तमान उपसभापति पर्यटन व्यवसायी भास्कर चटौत, उद्योग वाणिज्य सङ्घ कार्यसमिति सदस्य यज्ञराज भट्ट नेतृत्वमा नेपाली व्यवसायीको उपस्थिति रहेको थियो।
नेपाली पक्षले भारतबाट नेपाल फर्किँदा पैदल र दुई पाङ्ग्रे सवारी साधनमा आउनुपर्ने मानिसहरूको क्षेत्रमा बिहानैबाट भिडभाड हुने भएको र यसलाई सहजीकरण गर्न बिहान ५ बजेबाटै गेट खोलिदिनुपर्ने प्रस्ताव राखेकामा भारतीय सिमा प्रशासनले उक्त प्रस्ताव स्वीकार गर्दै भोलिबाटै सहजीकरण गर्ने बताएको छ।
यस्तै नेपाल र भारतका व्यवसायीहरू सिमा क्षेत्रमा ओहोरदोहोर गर्दा आम सर्वसाधारण यात्रीहरूको लाइनमा लाग्दा व्यवसायीहरूको लामो समय व्यतित हुने कारण विभिन्न काममा बिलम्ब हुने गरेको जानकारी पछि उद्योग वाणिज्य सङ्घ कञ्चनपुर र वनबसा व्यापार मण्डलले जारी गरेको परिचयपत्रका आधारमा छुट्टै रजिस्टरमा इन्ट्री गरी व्यवसायीहरूलाई सहज सीमा वारपार गराउन सहयोग गर्ने प्रतिबद्धता एसएसबी कमान्डेन्टले गरेका छन् ।
योसँगै नेपाल भारत मैत्री यात्रुवाहक सवारी साधन नेपाल भारत सहज रूपमा आवागमन भइरहेको उल्लेख गर्दै आवश्यक थप सहजता गर्ने गर्ने समेत प्रतिबद्धता व्यक्त गरिएको छ।
यसरी बेलाबखत नेपाल र भारतका व्यवसायी प्रतिनिधिहरूको छलफल भैरहेमा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि घटाउन र सीमा क्षेत्रमा हुने व्यापार व्यवसाय र नागरिकहरूलाई सहजता प्रदान गर्न सहज हुने दुवै पक्षको बुझाइ रहेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया