Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन १३ गते बुधबार

कैलालीको धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलकी करिब २४ वर्षीया पूजा धानुक (धामी) को सोमबार शंकास्पद अवस्थामा मृत्यु भएको छ।


प्रहरीका अनुसार उनको मृत्यु सोमबार साँझ करिब ४ः३० बजे भएको हो। परिवारले भने उनले आत्महत्या गरेको दाबी गरेको छ। यद्यपि माइती पक्षले उक्त दाबीप्रति असहमति जनाउँदै घटनामा हत्या भएको आशंका व्यक्त गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

मृतकको करिब नौ महिनाअघि मात्रै विवाह भएको थियो। घटनापछि माइती पक्षले ससुराली परिवारविरुद्ध किटानी जाहेरी दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।
यसबीच, घटनास्थलको मुचुल्का उठाउन प्रहरी प्रशासनले ढिलाइ गरेको आरोप पनि लागेको छ। प्रहरीका अनुसार मुचुल्का उठाउने प्रक्रिया पूरा भइसकेको भए पनि शवको पोस्टमार्टम हुन अझै बाँकी छ।
प्रहरीले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानको निष्कर्षपछि मात्रै पुष्टि हुने जनाएको छ। हाल घटनाका सबै पक्षलाई समेटेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>