प्रभावकारी उपचार नगरेको भन्दै जनज्योति बहुमुखी क्याम्पस कञ्चनपुरका विद्यार्थी आन्दोलित भएका हुन्। विद्यार्थीहरूले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि नारा र प्रदर्शन समेत गरेका थिए।
जनज्योति क्याम्पसकी विद्यार्थी उर्मिला भट्ट र उहाँकी दिदी निलम भट्ट ओझा बस दुर्घटनामा परी ८३ वैशाख २८ गते घाइते भएकामा हालसम्म उपचाररत रहेको र निजहरूलाई प्रभावकारी उपचार र क्षतिपूर्तिको माग विद्यार्थीहरूले राखेका छन्।
२०८३ साल वैशाख २८ गते काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको खप्तड मालिका यातायात प्रा.लि. को ना. ८ ख १९४९ नम्बरको बस बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र दुर्घटनाग्रस्त हुँदा बसमा सवार यात्रुमध्ये जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तहकी विद्यार्थी उर्मिला भट्ट तथा उहाँकी दिदी निलम भट्ट ओझा गम्भीर रूपमा घाइते भई हाल उपचाररत रहनुभएको छ, दुर्घटनामा गम्भीर घाइते हुनुभएका जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थी उर्मिला भट्ट र निलम भट्ट ओझाको प्रभावकारी उपचार, उचित क्षतिपूर्तिको माग गर्दै जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया