Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन १६ गते शनिबार

विश्वविद्यालयको छतबाट हाम फालेका युवाको उपचारका क्रममा मृत्यु

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको छतबाट हाम फालेका एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले कार्कीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा दिउँसो १२ बजेतिर मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार कार्की बीएचएमको प्रवेश परीक्षा दिन गएका बेला छतबाट हाम फालेको थिए । उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

महाकालीबाट धनगढी रेफर गरिएको थियो । धनगढीमा उपचारकै क्रममा मृत्युु भएको हो ।
कार्कीलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या थियो । परिवारकाअनुसार उनी औषधि समेत सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>