Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन १७ गते आइतबार

मनकामना महिला समूहको नर्सरीमा बहुमूल्य वृक्ष वृक्षारोपण सम्पन्न

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२, बाणीस्थित मनकामना महिला समूहद्वारा सञ्चालन हुँदै आएको नर्सरीमा बहुमूल्य प्रजातिका बिरुवाको वृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
वि.सं. २०५८ सालदेखि स्थानीय महिलाहरूको सक्रिय सहभागितामा सञ्चालन हुँदै आएको उक्त नर्सरीमा सुदूरपश्चिम प्रदेश क्षेत्रीय वन निर्देशनालयका निर्देशक हेमराज बिष्ट तथा सीएफसीसी कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले बिजशाल लगायतका बहुमूल्य वृक्षका बिरुवाहरू रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभयो।
कार्यक्रममा बहुमूल्य वृक्षहरूको संरक्षण, उत्पादन तथा वातावरण संरक्षणमा महिला समूहले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिएको थियो। सहभागीहरूले महिलाहरूको सक्रियता, समर्पण र सामुदायिक नर्सरि व्यवस्थापनमा नर्सरीले खेलेको महत्वपूर्ण भूमिकाबारे पनि चर्चा गरेका थिए।
मनकामना महिला समूहकी अध्यक्ष चाखुरीदेवी जोशीले वि.सं. २०५८ सालदेखि निरन्तर सञ्चालनमा रहेको नर्सरीको इतिहास, उपलब्धि तथा भविष्यका योजनाबारे जानकारी गराउँदै समुदायको साथ र सहकार्यले नर्सरीलाई सफलतापूर्वक अघि बढाउन सहयोग पुगेको बताउनुभयो।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>