देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । भारी वर्षाको भने पूर्वानुमान छैन ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने जानकारी दिएको छ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
मौसमविद् विनोद पोखरेल अबको तीन दिन भारी वर्षाको सम्भावना नरहेको बताउँछन् । “अबको तीन दिन भारी वर्षाको सम्भावना छैन,” मौसमविद् पोखरेल भन्छन्, “तर, अर्को हप्ता मंगलबार र बुधबारको जस्तै (भारीदेखि धेरै भारी) वर्षाको सम्भावना छ । तर भीषणा वर्षाको सम्भावना भने देखिँदैन ।”
देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको विभागले प्रस्ट पारेको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया