Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन २२ गते शुक्रबार

सुशान्त बेपत्ता खोजिदिन परिवारजनको आग्रह

अध्ययनका सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेका नेपाली विद्यार्थी सुशान्त पन्त केही दिनदेखि सम्पर्कविहीन भएका छन्। कैलालीको गोदावरी नगरपालिका-४ घर भएका पन्त अमेरिकाको मिजोरी राज्यस्थित सेन्ट लुइस सहरको वेबस्टर विश्वविद्यालयमा अध्ययनरत थिए। पुर्ख्यौली घर डडेल्धुराको अमरगढी भएका २७ वर्षीय पन्त गत साउन १० गते रातिदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि अपिल गरेको छ।
बेपत्ता सुशान्तका मामा कुन्दन भण्डारीका अनुसार उनी २०८० साल पुस ९ गते अमेरिका पुगेका थिए। अध्ययनसँगै उनी त्यहाँ कामसमेत गर्दै आएका थिए।

काम सकेर फर्किने क्रममा पन्त सम्पर्कविहीन भएको बताइएको छ। गत साउन १० गते राति करिब १०ः४५ बजे ग्यास स्टेसनमा काम सकेर कोठातर्फ फर्किने क्रममा सुशान्त अचानक सम्पर्कविहीन भएका हुन्। उनी बस्दै आएको आवास सेन्ट लुइसको नटिङ्घम एभिन्युमा रहेको परिवारले जनाएको छ।

राति अबेरसम्म कोठामा नफर्किएपछि परिवार तथा आफन्तले उनको मोबाइललगायत विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरेका थिए। तर कुनै माध्यमबाट सम्पर्क हुन नसकेपछि परिवार चिन्तित बनेको छ।

सुशान्त सम्पर्कविहीन भएपछि परिवारले स्थानीय प्रहरीमा समेत खोजीका लागि निवेदन दिएको जनाएको छ।
बुबा प्रदीप पन्तले आफ्नो छोराको सकुशल खोजीका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपाली दूतावास तथा सम्बन्धित सबै निकायलाई अमेरिकी पक्षसँग आवश्यक समन्वय गरिदिन आग्रह गरेका छन्।
परिवारले सुशान्तबारे कुनै जानकारी प्राप्त भएमा आफूहरूलाई वा नजिकको प्रहरी कार्यालयमा तत्काल खबर गरिदिन अनुरोध गरेको छ।
सुशान्त पन्तको विवरण
नाम: सुशान्त पन्त
जन्ममिति: २०५७ साल असार १८ गते
उमेर: २७ वर्ष
अध्ययनरत संस्था: वेबस्टर विश्वविद्यालय, अमेरिका
बुबा: प्रदीप पन्त
सम्पर्क नम्बर: ९७४११०३९४८
परदेशमा अध्ययनरत नेपाली विद्यार्थी अचानक सम्पर्कविहीन भएपछि उनको परिवार गहिरो चिन्ता र तनावमा परेको छ। परिवारले सुशान्तको अवस्थाबारे जानकारी भएका सबैलाई खोजीमा सहयोग गरिदिन अपिल गरेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>