Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन २४ गते आइतबार

कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत भेटिएका छन्।  

गत शुक्रबारदेखि हराइरहेका उनी आइतबार मृत अवस्थामा भेटिएको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए। उनले प्रयोग गरेको मोटरसाइकल शनिबार भेटिएपनि उनको अवस्था भने अज्ञात नै थियो। तर प्रहरीसहितको टोलीले खोजि गर्ने क्रममा आइतबार उनको शब मोटरसाइकल नजिकै फेला पारेको हो।

६५ वर्षका पूर्वमेयर किरण सिंह कपिलवस्तु–३ स्थित आफ्नो घरबाट शुक्रबार दिउँसो करिब २ बजे निस्किएका थिए। करिब ३ः२७ बजे उनी चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा रामराज पुलसम्म पुगेको देखिएको छ। 

त्यसको केही समयपछि उनले आफू निकटका व्यक्तिहरूलाई मोबाइलमार्फत् आफू जंगलमा बाटो बिराएको जानकारी दिएका थिए। त्यसपछि आफन्तसहितको टोलीले उनको खोजी सुरु गरेको थियो।

उनका आफन्तसहितको टोली खोजीमा निस्किँदा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>