भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको र नेपाली प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि सुरु भएको हो । दुई देशका सेनाबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र सैन्य सहकार्यको प्रतीकका रूपमा यो परम्परालाई लिइन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित विशेष समारोहमा भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्दैछन्।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका सेठले उच्चस्तरीय भेटवार्तामार्फत नेपाल–भारतबीचको सैन्य सम्बन्ध सुदृढ गर्ने कार्यतालिका रहेको छ।
सन् १९५० देखि सुरु भएको दुई देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परालाई यस भ्रमणले निरन्तरता दिएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया