महाकाली नदीमा गाई तार्ने क्रममा बगेर एक पुरुषको मृत्यु भएको छ।
कञ्चनपुर जिल्लाको दोधारा चाँदनी न.पा.०४ मालिका टोल स्थित महाकाली नदिको टापुमा गाई तार्ने क्रममा मालिका टोलका बर्ष ५० को जित दमाई सोमवार बगि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी टोली उद्दार सामाग्री सहित खोज तलास गर्दैगर्दा सोमबार साँझतर्फ बगेको स्थानभन्दा करिब एक किलोमिटर टाढा सुर्खेती टोल स्थित महाकाली नदीको किनारमा फेला परेको प्रहरीले बताएको छ।
महाकालीमा विभिन्न प्रयोजनका लागि जाने र महाकाली नदीमा डुबेर मृत्यु हुने सङ्ख्या बढिरहेको छ। गत हप्ता मात्रै एक किशोरी टिकटक बनाउने क्रममा दोधारा चाँदनीकै १० नम्बर वडामा महाकालीमा डुबेर बेपत्ता भएकी थिइन् ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया