Samriddhipost
२०८३ भदौ २९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ २९ गते सोमबार

भोटेकोशी बाढीमा फेला परेका शवहरूको पहिचानका लागि संकलित डीएनए र आफन्तको डीएनए नमुना म्याचिङको काम सम्पन्न हुन कम्तीमा एक महिना लाग्ने भएको छ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले हाल डीएनए प्रोफाइलिङको काम तीव्र गतिमा भइरहेको जनाएको छ।

प्रयोगशालाका अनुसार शवहरूको प्रोफाइल तयार भइसकेपछि मात्र बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमुनासँग मिलान गरिने भएकाले समय लाग्ने भएको हो।

डीएनए प्रोफाइलिङ, परीक्षण र मिलानको सम्पूर्ण प्रक्रिया आगामी कात्तिकभित्र सक्ने लक्ष्य राखिएको छ।

डीएनए परीक्षणको कामलाई द्रुत गतिमा अघि बढाउन चीन, भारत र दक्षिण कोरियाबाट विशेषज्ञ टोलीसमेत नेपाल आइपुगेका छन्। विदेशी विज्ञहरूको प्राविधिक सहयोगमा नमुना परीक्षणको काम भइरहेको नेपाल प्रहरीले जनाएको छ।

बाढीमा फेला परेका १ हजार २३० वटा शव हालसम्म जमिनमुनि व्यवस्थापन गरिएको छ। ती शवहरूबाट १ हजार २८६ वटा डीएनए नमुना संकलन गरिएको छ भने आफन्त खोज्दै आएका बेपत्ता परिवारबाट १ हजार ८४६ वटा नमुना संकलन भइसकेको छ।

काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मात्रै परीक्षण गर्दा समय बढी लाग्ने भएकाले यसलाई अन्य प्रयोगशालामा विस्तार गर्ने तयारी छ। नमुना परीक्षण र म्याचिङको काम धरान र नेपालगञ्जका प्रयोगशालाबाट समेत अघि बढाउन लागिएको हो।

गाडिएका शवको पहिचानका लागि परिवारको डीएनए मुख्य आधार हुनेछ। शवको डीएनए प्रोफाइल र परिवारको नमुना मिलेपछि मात्र औपचारिक पहिचान खुल्नेछ।

आफन्तको पर्खाइमा रहेका परिवारलाई डीएनए पहिचान यकिन भएपछि शव व्यवस्थापन तथा बुझाउने प्रक्रिया अघि बढाइने प्रयोगशालाले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>