Samriddhipost
२०८३ असोज १६ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १५ गते बिहिबार

प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकमा विदा सम्बन्धी यस्तो छ व्यवस्था
सांकेतिक तस्बिर

प्रस्तावित संघीय निजामती सेवा ऐन, २०८३ को विधेयकमा निजामती कर्मचारीले पाउने बिदासम्बन्धी व्यवस्थाहरू प्रस्ताव गरिए पनि महिला कर्मचारीका लक्षित महिनावारी बिदाबारे उपलब्ध विधेयकको व्याख्यात्मक खण्डमा स्पष्ट खुलाइएको छैन।
विधेयकको दफा १२५ ले निजामती कर्मचारीले पाउने बिदाबारे व्यवस्था गर्दै जम्मा ‘नौ प्रकारका बिदाको व्यवस्था गरिएको’ उल्लेख गरेको छ।

यद्यपि, ती ९ प्रकारका बिदाभित्र कुन-कुन बिदा पर्छन् र त्यसमा ‘महिनावारी बिदा’ समेटिएको छ वा छैन भन्ने विस्तृत सूची उपलब्ध दस्तावेजमा समावेश छैन।

विधेयकको दफा १४८ ले ऐन कार्यान्वयनका लागि नियम बनाउने अधिकारअन्तर्गत ‘निजामती कर्मचारीले पाउने बिदा तथा बेतलबी बिदासम्बन्धी विषय’ नियमावलीमा समेटिने स्पष्ट पारेको छ।

यसैगरी दफा १२६ मा बेतलबी बिदा (जस्तै: पति वा पत्नी विदेशस्थित नियोगमा खटिई गएमा ५ वर्षसम्म पाउने बिदा) को बारेमा भने उल्लेख गरिएको छ।


प्रस्तावित ९ प्रकारका बिदाहरूको पूर्ण विवरण र महिनावारी बिदा जस्ता विशिष्ट बिदाका सर्तहरू ऐन पारित भएपछि बन्ने नियमावलीमार्फत नै स्पष्ट हुने देखिन्छ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>