Samriddhipost
२०८३ असोज १६ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १६ गते शुक्रबार

भारतबाट सामान ल्याउने विषयलाई लिएर कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा नागरिक र सुरक्षाकर्मीबीच विवाद बढ्न थालेको छ।

स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुले निजी प्रयोजनका लागि ल्याउने ५ सय रुपैयाँसम्मका सामानमा भन्सार छुट हुने व्यवस्था कार्यान्वयनमा आएपछि नाकामा सामान रोक्ने र भन्सार प्रक्रियामा पठाउने विषयलाई लिएर विवाद हुने गरेको सुरक्षाकर्मीहरूले बताएका छन्।

५ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भने प्रचलित नियमअनुसार भन्सार प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। तर नयाँ व्यवस्थाबारे पर्याप्त जानकारी नहुँदा कतिपय यात्रु र सुरक्षाकर्मीबीच नाकामै भनाभन हुने गरेको बताइएको छ।
नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार नियमअनुसार सामान रोक्दा कतिपय नागरिकले असन्तुष्टि जनाउने, सुरक्षाकर्मीसँग विवाद गर्ने तथा घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन्।
एक सुरक्षाकर्मीले भने, ‘नियम कार्यान्वयन गर्ने क्रममा भएको कुराकानीको एउटा पक्ष मात्रै भिडियोमा आएपछि सुरक्षाकर्मी नै दोषी देखिने अवस्था बन्छ।’
यसअघि १ सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लगाउने व्यवस्था कार्यान्वयन गर्दा पनि सीमा नाकामा विवाद चर्किएको थियो। त्यसपछि सरकारले स्थलमार्गबाट आउने यात्रुले निजी प्रयोजनका लागि ल्याउने सामानमा भन्सार छुटको सीमा बढाएर ५ सय रुपैयाँ पुर्‍याएको हो।

सीमावर्ती क्षेत्रका नागरिक दैनिक उपभोग्य तथा घरायसी सामानका लागि भारतीय बजारमा निर्भर रहँदै आएका कारण नयाँ व्यवस्थाको कार्यान्वयन थप संवेदनशील बनेको सुरक्षाकर्मीहरूको भनाइ छ।
चाडपर्व नजिकिँदै गर्दा सीमापारि किनमेल गर्न जाने तथा सामान लिएर फर्किनेको संख्या बढ्ने भएकाले गौरीफन्टा नाकामा भन्सार नियम कार्यान्वयन र नागरिकसँगको समन्वय आगामी दिनमा थप चुनौतीपूर्ण बन्ने देखिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>