Samriddhipost
२०८३ असोज १८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १८ गते आइतबार

गेटामा १६६९ को आवेदन आउदा ५४४ मात्रै परिक्षामा समावेश हुन पाउने भएका छन्।

कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले स्वास्थ्य सेवाका विभिन्न पदमा १५१ कर्मचारीका लागि दरखास्त आह्वान गर्दा १ हजार ६६९ जनाको आवेदन पर्‍यो। एक साताको म्याद राखेर माग गरिएको दरखास्तमा मागभन्दा ११ गुणा बढी आवेदन परेको थियाे।

तर, आवेदन दिएका एक हजार १२५ जना छनोट प्रक्रियामा सहभागी हुनबाट वञ्चित भएका छन्। विश्वविद्यालयले दरखास्त आह्वान गर्दा छनोटको विधि अन्तर्वार्ता हुने उल्लेख गरेको थियो। तर, आवेदन दिएका ५४४ जनाले मात्रै अन्तर्वार्तामा सहभागी हुन पाउने भएका छन्। विश्वविद्यालयले असोज १६ गते सार्वजनिक गरेको संक्षिप्त सूचीमा ५४४ जनाको नाम मात्रै समावेश गरिएको छ।

शुल्क तिरेर आवेदन दिएका उम्मेदवार संक्षिप्त सूचीका कारण छनोट प्रक्रियामा सहभागी हुनबाटै वञ्चित गराइएको भन्दै असन्तुष्ट छन्। ‘परीक्षा दिएको भए चित्त बुझाउन हुन्थ्यो,’ मुना बडुवालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सर्टलिस्टमा नाम आउने योग्यता थिएन भने हाम्रो आवेदन किन बुझियो ?’ शुल्क तिरेर आवेदन दिएका उम्मेदवारले परीक्षा दिनसमेत नपाउने अवस्था दुर्भाग्यपूर्ण भएको बताएका छन्। सामाजिक सञ्जालमै प्रेम भण्डारीले पनि आवेदन दिएहरूले परीक्षा दिन पाउनुपर्ने बताएका छन्।

यता, विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दले छोटो अवधिमै कर्मचारी छनोट गर्नुपर्ने भएकाले सुरुमा सर्टलिस्ट र त्यसपछि अन्तर्वार्तामार्फत छनोट गर्ने विधि अपनाइएको बताए। ‘शिक्षण अस्पतालमा बिरामीको संख्या लगातार बढिरहेको छ,’ उनले भने, ‘तत्काल कर्मचारी आवश्यक परेको हुँदा आवेदकहरूमध्येबाटै सर्टलिस्ट गरिएको हो। अब अन्तर्वार्तामार्फत कर्मचारी छनोट गर्छौं। लिखित परीक्षामार्फत छनोट गर्दा थप दुई–तीन महिना समय लाग्ने भएकाले त्यो विधि नअपनाएका हौँ।’

रजिस्ट्रार चन्दका अनुसार सर्टलिस्ट तयार गर्दा चारवटा विषयलाई आधार बनाइएको छ। ‘अनुभव, योग्यताबापतको अंक, उपल्लो योग्यता र तालिमलाई सर्टलिस्टको मापदण्ड बनाएका हौँ,’ उनले भने।
कुन पदका लागि कति थियो माग, कति परे सर्टलिस्ट ?

छनोट समितिका अनुसार मेडिकल अधिकृतका १० पदका लागि ६० जनाको आवेदन परेकोमा २९ जना संक्षिप्त सूचीमा परेका छन्। बायोमेडिकल इन्जिनियरको एक पदका लागि नौ जनाले आवेदन दिएकामा छ जना छनोट भएका छन्। त्यस्तै, नर्सिङ अधिकृतका १० पदका लागि ११२ जनाको आवेदन परेकोमा ६९ जना सर्टलिस्ट भएका छन्। रेडियोग्राफी अधिकृतको एक पदका लागि १० जनाको आवेदन परेकोमा पाँच जना र फार्मेसी अधिकृतका दुई पदका लागि ४८ जनाको आवेदन परेकोमा सात जना संक्षिप्त सूचीमा परेका छन्।
फिजियोथेरापी अधिकृतका दुई पदका लागि छ जनाले आवेदन दिएकोमा पाँच जना र ल्याब टेक्नोलोजिस्टका तीन पदका लागि ५९ जनाले आवेदन दिएकोमा २५ जना सर्टलिस्ट भएका छन्। सबैभन्दा धेरै आवेदन स्टाफ नर्सका ९० पदका लागि परेको छ। उक्त पदमा ५४२ जनाले आवेदन दिएका छन् भने १८५ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरिएको छ।
त्यस्तै, ल्याब टेक्निसियनका १० पदका लागि ३१८ जनाको आवेदन परेकोमा ८० जना सर्टलिस्ट भएका छन्। रेडियोग्राफरका छ पदका लागि ८२ जनाले आवेदन दिएकोमा ३९ जना छनोट भएका छन्। फिजियोथेरापी सहायकका दुई पदका लागि नौ जनाको आवेदन परेकोमा छ जना र फार्मेसी सहायकका १० पदका लागि ३८४ जनाले आवेदन दिएकामा ७१ जना संक्षिप्त सूचीमा परेका छन्।
संक्षिप्त सूचीमा परेका उम्मेदवारको अन्तर्वार्तापछि करार सेवामा कर्मचारी नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ। अन्तर्वार्ता असोज २० गतेदेखि सुरु हुने जनाइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>