हरियाली सामुदायिक वनमा "स्वच्छ खाना पकाउने प्रविधि प्रवर्द्धन मेला" सम्पन्न; इन्डक्सन चुलोको नियमित प्रयोगमा जोड
एस. एन. भि. (SNV) नेपालको आयोजनामा हरियाली सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभाको अवसर पारी "स्वच्छ खाना पकाउने प्रविधि प्रवर्द्धन मेला" कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
सामुदायिक वन उपभोक्ता समूहभित्र पूर्व-वितरण गरिएका स्वच्छ प्रविधिहरू, विशेष गरी इन्डक्सन चुलोको नियमित र प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्न तथा बढावा दिनका लागि यो मेला आयोजना गरिएको एस. एन. भि. नेपालका क्षेत्र संयोजक शिव राज पनेरुले जानकारी दिनुभयो।
मेलामा विद्युतीय चुलो (इन्डक्सन) को सुरक्षित प्रयोग, यसबाट हुने आर्थिक तथा वातावरणीय लाभ, र परम्परागत दाउरा वा एलपी ग्यासको तुलनामा यसले बचाउने समय र खर्चबारे सर्वसाधारण तथा उपभोक्ताहरूलाई व्यावहारिक जानकारी गराइएको थियो।
कार्यक्रमका वक्ताहरूले एलपी ग्यास र दाउरामाथिको निर्भरता घटाई स्वदेशी जलविद्युत्को उपभोग बढाउनुका साथै भान्छालाई धुवाँमुक्त र स्वास्थ्यमैत्री बनाउन यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साधारण सभामा ठूलो संख्यामा सामुदायिक वनका उपभोक्ता, स्थानीय प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया