कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नेराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले जाँच गर्ने क्रममा ०.१६ ग्राम खैरो हिरोइन बरामद गरेको हो ।
बरामद लागुऔषधसहित मिजारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया