Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ०७ गते शनिबार

बुबाले छोरिलाई दिनुभएको शिक्षा

बिबाह पछि छोरी पहिलोपटक माइत आएकी थिइन , छोरिको स्वागत हप्तादिनसम्म चल्यो । हप्ताभरमा छोरिलाई जे मनपर्छ त्यो खुवाउने दिने कार्यक्रम चलिरह्यो ।
जब छोरी फर्किएर आफ्नो घर जान लागिन तब बुबाले छोरिलाइ एउटा अगरबत्तीको पाकेट दिनुभयो । 

आमाले भन्नुभयो: छोरी पहिलोपटक माइतीघर बाट आफ्नो घर जाँदै छिन्, यस्तो अगरबती जस्तो चिज कसैले दिन्छन्..। तब हत्तपत्त बुबाले गोजीमा हात हाले र गोजिमा भएको सबै पैसा छोरिको हातमा थमाइदिए। 

घरमा पुग्ने बित्तिकै सासुआमाले बुहारीलाई सोधिन: आमाबुबाले छोरीलाई बिदाइ गर्दा के दिए? जब उनले अगरबात्तिको पाकेट देखिन , तब सासुआमाले बुहारीलाई भनिन्: भोलि पुजामा यो अगरबत्ती बाल्नु । 

बिहान जब छोरी पुजा गर्न बसिन , तब उनले अगरबत्तिको पाकेट खोलिन , जसबाट एउटा चिठी निस्कियो। चिठीमा लेखिएको थियो..

"छोरी ! यो अगरबत्ती आफै बल्छ,तर सुगन्धले पुरै घर भरिदिन्छ। यतिमात्र होइन यसले वरिपरिको बाताबरणलाई आफ्नो सुगन्धले आनन्दित बनाउँछ ।" 

"सायद कहिलेकाही श्रीमानसँग मन खिन्न हुनसक्छ वा सासू ससुरासँग रिसाउन सक्छौं , अथवा देवर आमाजु नन्दहरुसँग रिसाउन सक्छौ या कहिले तिमिलाई कसैको कुरा सुन्नुपर्ने हुन्छ , वा कहिले छिमेकीसँग मन अमिलो महसुस हुनसक्छ । तब तिमि मेरो यस उपहारलाई सम्झने गर्नु, र अगरबत्ती झै जलेर आफ्नो घरलाई खुशी राख्ने , आफै सहने अनि आफ्नो व्यबहार र कर्मले श्रीमानको घरलाई सुगन्धित पार्ने गर्नु.." 

चिठी पढेर छोरी रुन थालिन । सासू-आमा आइन ससुरा र श्रीमान पनि पुजा कोठामा पुगे जहाँ बुहारी रोइरहेकी थिइन् ।

के भयो औंला पोल्यो कि क्याहो? यसरी श्रीमानले सोधे। 

"के भयो? कमसेकम यति त भन" ससुरा बा ले भने ।

सासुआमाले वरिपरि चारैतिर हेर्न थालिन, उनले बुहारीको बुबा द्वारा सुन्दर अक्षरमा लेखिएको चिठी देखिन. चिठी पढ्ने बित्तिकै उनले बुहारीलाई अंकमाल गरिन र चिठी ससुराको हातमा सुम्पि दिइन्  । चस्मा नलगाएकोले उहाँले चिठी छोरालाई दिएर चिठी पढ्न आग्रह गरे। छोराले पत्र पढेर सुनाएपछी सबैजना स्तब्ध भए। 

सासुआमाले भनिन्: "ओहो! यो चिठी फ्रेममा राख्नुपर्छ। यो मेरो बुहारिको माइतबाट पाएको सबभन्दा अमुल्य उपहार हो । यो चिठी पुजा कोठामा नै हुनुपर्छ ।
 र सदैव यस् फ्रेमको आफ्नो सब्दले सम्पुर्ण घर र वरिपरिको बाताबरणलाई आफ्नो तरिकाले सुगन्धित पारिरहन्छ । बालेको अगरबत्ति सकिएपछि पनि..
त्यसैले आमाबुबाले आफ्नो छोरिलाई राम्रो संस्कार दिनुपर्छ जसले ससुराली र माइतीघर बासनाले सुगन्धित पार्न सकुन् ।। 

********

सन्तोस मौसुफ कार्की

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>