Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर ०७ गते मङ्गलबार

कञ्चनपुर कांग्रेसमा बहादुरसिंह थापाको ‘कम ब्याक’ हुन सक्ने ।

महेन्द्रनगर -नेपाली कांग्रेस कञ्चनपुरको सभापति पदमा पूर्व सभापति बहादुरसिंह थापाको ‘कम ब्याक’ हुने देखिएको छ ।
पूर्वमन्त्री एनपी साउँद पक्षको समर्थनमा पुनः कञ्चनपुर जिल्ला सभापति हुने दाउमा रहेका थापा यसअघि १५ वर्षभन्दा बढी कांग्रेसको जिल्ला सभापति बनिसकेका छन् । पूर्वमन्त्री रमेश लेखक पक्ष कञ्चनपुरमा कमजोर देखिएको छ । सोमबार कञ्चनपुरका ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भएको अधिबेशनमा २ क्षेत्रमा एनपी साउद प्यानल जितेको छ, जसले गर्दा आफुनिकट उमेदवारलाई सभापति बनाउन साँउदलाई झनै सहज भएको छ । यसअघि पनि जिल्लामा रहेका ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा भएको अधिवेशनमा ४ क्षेत्रमा पनि एनपी साउँद समर्थित प्यानलले निर्वाचित भईसकेको छ ।
पालिका अधिवेशनदेखि साउँद र विष्टको तालमेल अहिलेसम्म कायमै छ । पार्टी अधिवेशनहरूमा साउँद र विष्टको तालमेलले लेखक एक्लिएका छन । लेखकले ३ नम्बर क्षेत्रमा मात्रै जितेको छ, ३ नंम्बरले मात्रै आफूपक्षीय उम्मेदवारलाई जिल्ला सभापति बनाउन सम्भव देखिँदैन ।
जिल्ला सभापति बन्न महाधिवेशन प्रतिनिधि निर्वाचित हुनैपर्ने पार्टी विधानको व्यवस्थाअनुसार थापा सोमबार भएको क्षेत्रिय अधिबेशनबाट महाधिबेशन प्रतिनिधिमा निर्वाचित समेत भईसकेको छन । २ नम्बर क्षेत्रको प्रदेशसभा (१) र (२) क्षेत्रबाट प्रदेशसभा क्षेत्रीय सभापतिमा एनपी साउँद पक्षीय उम्मेदवार नै विजयी भएका छन् । उता पुर्वमन्त्री लेखक पक्षबाट सभापतिमा लड्ने भनिएका उमेदवार महाधिबेशन प्रतिनिधिमै पछारीएका छन । त्यसकारण पनि अव पुर्व मन्त्री साउदलाई आफ्नो उमेदवार सभापति बनाउन सहज भएको देखिन्छ ।क्षेत्र नम्बर २ का साउद प्यानलका लालबहादुर सिंह दोब्बरभन्दा बढी मतान्तरले क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । उनले लेखक प्यानलका उम्मेदवार नवराज जोशीलाई १ सय ८४ मतान्तरले पराजित गरेका छन्। सिंहले खसेको ५ सय ४ मतमध्ये ३ सय ४१ र जोशीले १ सय ५७ मत पाएका छन् । सचिवमा साउद प्यानलका गणेशबहादुर सिंह ३ सय ५० र थानेश्वरप्रसाद भट्ट ३ सय ३१ मतसहित विजयी भएका छन् । लेखक प्यानलका उम्मेदवारहरु घनश्याम जोशी र नारायण बोहराले क्रमशः १ सय ३० र १ सय ३१ मत ल्याएका छन्। साउद प्यानलकै काशीराम भाट ३ सय १५ मत र रमेशप्रसाद भट्ट २ सय ७६ मतसहित सहसचिवमा निर्वाचित भएका छन्। लेखक प्यानलका जयबहादुर ऐरले १ सय ८२ र प्रदीप खड्काले १ सय ५० मत ल्याएका छन्। क्षेत्र नम्बर २ मा लेखक प्यानलका सबै उम्मेदवार पराजित भएका युवा नेता हिक्मत भण्डारीले जानकारी दिए।
पूर्वमन्त्री रमेश लेखक पक्षबाट कञ्चनपुरको जिल्ला सभापति पदमा हरि बोहरा पुनः सभापति पदमा उम्मेदवार हुने सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन् ।
महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि साउँद पक्षले बहादुरसिंह थापालाई नै जिल्ला सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ । साउँद पक्षले पूर्व सांसद दिवानसिंह विष्टसँग तालमेल गरेर १ र २ नम्बरबाट बढी भोट ल्याएर सभापति बनाउने दाउ छ । थापा २ नम्बर क्षेत्रमा उम्मेदवार भएपनि उनको घर ३ नम्बर क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका–६  गृहक्षेत्र भएकाले ३ नम्बर क्षेत्रमा थापाको प्रभाव रहेकाे नेपाली काग्रेसका नेताहरु बताउछन  ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>