Samriddhipost
२०८१ जेठ १० गते बिहिबार
महेन्द्रनगर
२०७९ जेठ ११ गते बुधबार

उल्टाखाम बलत्कार केस, माओवादि केन्द्र र राना थारु समाजले क्षतिपुर्ति सहित उपचारकाे माग ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकामाथि भएको यौनजन्य हिन्सा(बलात्कार)को शिकारमा परेकी बालिकाको न्याय र क्षतिपूर्तिको माग अघि सारेर पीडित पक्षले नगरपालिकामा धर्ना दिएका छन । बुधबार दिउँसोदेखि पीडित बालिका आफन्तले भीमदत्त नगरपालिका धर्ना दिएका छन । घटना भएको दुई दिन वितिसक्दा पनि उपचार, न्याय र क्षतिपूर्तिको विषयमा कुनैपनि निकायबाट पहल नभएको भन्दै धर्ना दिन बाध्य भएको बताएका छन ।

पीडित बालिकाकी आफन्त ईन्द्रावती रानाले दिन दाहडै घरमा बोलाएर बलात्कार गर्नेदेखि बालिकाको हत्या प्रयास हुँदा समेत सरकारी निकायबाट घटनाको गम्र्भिरता नदेखिएको बताईन । ‘एउटा अबोध बालिकामाथि बलात्कार भएको छ, ‘उनले भनिन, ‘बलात्कारी मरेर गएपनि उनका घर र आफन्त छन, के यि बालिकाले न्याय नपाउने ?’ उनले बालिकाको उचित लालनपालन, अध्ययनका लागि व्यवस्था मिलाईदिनुपर्ने बताए ।

उक्त घटनाप्रति भत्र्सना जाहेर गर्दै नेकपा माओवादी केन्द्र र नेपाल राना थारु समाजले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । नेपाल राना थारु समाज कञ्चनपुरकी अध्यक्ष प्रेमबती राना र नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा बालिकाको न्यायका लागि माग अघि सारिएको छ ।

प्रतिक्रिया