Samriddhipost
२०८१ असार ०२ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ १० गते बिहिबार

कैलालीमा शिक्षकहरुका लागी एकिकृत अंग्रेजी फोनिक्स तालिम संचालन

कैलालीको घोडाघोडीमा शिक्षकहरुका लागी तिन दिने एकीकृत अंग्रेजी फोनिक्स तालिम संचालन गरिएको छ। शिक्षा प्रणालीलाई युग सुहाउँदो र व्यवहारिक बनाउने उदेश्यले संस्थागत विद्यालय घोडाघोडी कलस्टर समितिले सो तालिमको आयोजना गरेको हो। घोडाघोडीमा संचालित संस्थागत विद्यालय तर्फका २९ विद्यालयबाट करिब एक सय भन्दा बढी  प्रशिक्षार्थीहरुले तालिममा सहभागीता जनाएका छन् ।

सामुदायिक विद्यालयले अभिभावक र विद्यार्थीको इच्छा तथा चाहानालाई पूर्ती गर्न नसकिरहेको त्यस अवस्थामा संस्थागत विद्यालयहरु विकल्पको रुपमा उदय भएको स्मरण गराउदै, तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावतले "संस्थागत विद्यालय निजी  लगानीमा खुलेका भएता पनि उसले प्रदान गर्ने शिक्षा सार्वजनिक हुने हुदा सो कुरालाई ध्यानमा राख्दै । संस्थागत विद्यालयहरुले संस्कार सहितको शिक्षालाई जोड दिन आग्रह गरेका छन् ।"

अबको शिक्षा प्रणालीलाई दुई तवरले हेर्न आवश्यक रहेको कार्यक्रमका सभापती तथा संस्थागत विद्यालय घोडाघोडी कलस्टर समितिका अध्यक्ष रवि आचार्यले बताउनु भएको छ। ग्लोबली र लोकली शिक्षा प्रणाली आजको नितान्त आवश्यकता भैइसकेको छ । ग्लोवली तर्फबाट हेर्दा रोजगारीको शिलशिलामा होस् वा उच्च शिक्षाका लागि विश्वबजारमा हाम्रा विद्यार्थीलाई भाषा र सिपले सक्षम बनाउन आवश्यक देखिन्छ भने, स्थानीय शिक्षालाई हामीले संस्कार संग जोड्दै अगाडी लग्नु पर्ने छ।" ग्लोबल शिक्षा लिन सघाउ पुर्याने उदेश्यका साथ तालिमको आयोजना गरिएको अध्यक्ष आचार्यले बताए ।

तिन दिन सम्म संचालन हुने उक्त एकीकृत अंग्रेजी फोनिक्स तालिमको सहजीकरण अन्तराष्ट्रियरुपमा प्रशिक्षणको ख्याती कमाएका मुख्य प्रशिक्षक दिपराम टण्डन र सिमा धिमालले गरिरहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>