Samriddhipost
२०८१ जेठ १० गते बिहिबार
महेन्द्रनगर
भावना बडू
२०७९ मङि्सर २५ गते आइतबार

रेडियन्टमा शिक्षकले विद्यार्थी निर्घात कुट्दा विद्यार्थी काठमाडौं रिफर ।

कञ्चनपुरको महेन्द्रनगरमा कक्षामा होहल्ला गरेको भन्दै शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। 

महेन्द्रनगरस्थित रेडियन्ट माध्यमिक विद्यालयका शिक्षक केशवराज जोशीले कक्षाकोठामा विद्यार्थीलाई शुक्रवार निर्घात कुटपिट गरेका हुन्।

शिक्षकको कुटपिटबाट चोट लागेर घाइते भएका भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय दिपेश जोशी अस्पताल भर्ना भएका छन्।

कक्षामा होहल्ला गरेको निहुँमा शिक्षकले कुटेको उनले बताए। ‘पहिलो पिरियड अकाउन्टको थियो, गुड मर्निङ्ग भनेर बेच्नमा बसेपछि साथीसँग पेन माग्दै थिए,’ उनले भने, ‘सर आएर पिट्न थाल्नुभयो, कानमा ६ झापड हाने।’

उनको कानमा चोट लागेको छ। अहिले जोशीको महेन्द्रनगरस्थित मन्त्र हस्पिटलमा उपचार भइरहेको छ। ‘सुरुमा आवाज आइरहेको थियो, अन्तिम पिरियडमा दुखाई धेरै भयो, कानमा पनि ट्वा आवाज आउदै थियोे,’ उनले भने, ‘कक्षामै सुतिरहे, त्यसपछि घर पुग्दा कानले केही सुनेन, वान्ता र रिङटा लाग्यो।’

त्यसपछि जोशी महाकाली अस्पतालमा चेकजाँचका लागि गएका थिए। त्यहाँबाट मन्त्र हस्पिटलमा पठाइएको उनले बताए। कानको नसा दबिएको चिकित्सकले बताएका छन्।

चोट लागेको कानबाट केही आवाज नसुनिएको र रिङटा लाग्ने गरेको जोशीले बताए। पढ्नका लागि विद्यालय पठाएको छोरालाई शिक्षकले कुटपिट गरेको दिपेशकी आमा कौशिल्या जोशीले बताइन्।

‘गल्ती गरेको भए सम्झाइबुझाइ गर्नुप-थ्यो, यसरी कुटपिट गर्नु गलत हो,’ उनले भनिन्, ‘पढ्न पठाएको छोरालाई कुट्दा भोली केही भए को जिम्मेवार हुन्छ?’

पीडीत परिवार र विद्यार्थी कुट्ने शिक्षकबीच प्रहरी कार्यालयमा औषधी उपचार गर्ने सहमति भएको छ। विद्यालयको सीसीटिभीमा शिक्षकले हानेको झापड कैद भएपछि औषधी उपचारका लागि सहमति जुटेको हो।

‘धेरै पछि शिक्षक सम्पर्कमा आएका छन्, औषधी उपचार गर्ने लिखित कागज गरेका छन्,’ जोशीले भनिन्, ‘भोली बाबूलाई थप उपचारका लागि काठमाडौं लैजादै छौं।’
 यश सम्बन्धि विद्यालयले कुनै बिवरण सार्वजनिक गरेकाे छैन ।


#विद्यार्थी कुटपिट

प्रतिक्रिया