Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० माघ १६ गते मङ्गलबार

गैलनदिमा स्वास्थ्य सेवा भवनकाे उद्घाटन

कञ्चनपुरको वेदकोट नगरपालिकामा आधारभुत स्वास्थ्य केन्द्रको नव निर्मित भवनको उदघाटन गरिएको छ । सोमवार वेदकोट नगरपालिका वडा नम्वर ८ गैलनदी स्थित आधारभूत स्वास्थ्य केन्द्रको नव निर्मित भवनको उदघाटन गरिएको हो । उदघाटन कार्यक्रममा वेदकोट नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा, र नगर उप प्रमुख तुलसी जोशीको विशिष्ट आतिथ्यतामा उदघाटन कायएक्रम सम्पन्न गरिएको हो ।
यस्तै कार्यक्रमका सभापती एवम वडा नम्वर ८ का अध्यक्ष महेशराज जोशीले आफनो पालिकामा विगतका दिनमा जे जसरी स्वास्थ्य सेवा प्रदान भएपनि आगाम दिनमा नयाँ भवनबाट नयाँ प्रकारले स्वास्थ्य सेवा प्रदान गरिने बताउनु भयो । पहिलेको पुरानो भवनबाट पनि सोव प्रदान गरिरहेको भएपनि अब नयाँ भवनबाट थप अन्य सेवा सुविधापनि प्रदान गरिने जानकारी गराउनु भयो ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले नव निर्मित भवनले थप स्वास्थ्य सेवाहरु प्रभावकारी रुपले सेवाग्राहीलाई प्रदान गर्न सकोस भन्दै,भवन मात्रै नयाँ भएर नहुने सेवा पनि सहि र सेवाग्राही लक्ष्ति ाप्रदान गर्न आग्रह गर्नु भयो । स्वास्थ्यमा सबैको पहुँच र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नु र पाउनु दुवैको अधिकार भएकाले पनि अब यो नव निर्मित भवनले थप सेवा सुविधा प्रदान गर्नेमा आफु विश्वस्त रहेको जनाउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले मानव जिवनमा पहिलो प्राथमिकता भनेकै स्वस्थ शरिर स्वस्थ्य मानसिकता रहेको बताउँदै सबैलाई निरोगी रहन र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नका लागी नव निर्मित भवनबाट नियमित सेवा प्रदान गरिने बताउनु भयो । साथै विगतका दिन भन्दा अब आगामी दिनहरुमा पनि यो नव निर्मित भवनबाट सेवाग्राहीहरुको मन जित्न पनि उहाँले कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।

 

प्रतिक्रिया