Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख २५ गते मङ्गलबार

महेन्द्रनगर नगरबिकास समितका तीन अध्यक्ष सहित ५ जनालाई ताेकियाे कैद र जरिमाना

तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तीन अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले २७ प्रतिवादीमध्ये नगर विकास समितिका अध्यक्ष गोपाल रसाइली, पल्टु राना र पुस्कल चौधरीसहित पाँचलाई भ्रष्टाचारी ठहर गरेको हो ।

महेन्द्रनगर नगर विकास समितिका नाममा रहेको सरकारी जग्गा व्यक्तिका नाममा गरी गैरकानुनी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ कात्तिक २ गते २७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा विशेष अदालतले सोमबार (हिजो) पाँचजनालाई भ्रष्टाचारी ठहर गरेको हो । जग्गा जसका नाममा छ, त्यो जफत हुने फैसला समेत अदालतले गरेको छ ।

नगर विकास समितिका तत्कालीन अध्यक्षहरूमध्ये रसाइलीलाई दुई लाख ८३ हजार ३३३ रुपैयाँ, रानालाई १२ लाख ६४ हजार र चौधरीलाई तीन लाख ७४ हजार ८०० रुपैयाँ जरिवाना हुने फैसला विशेषले गरेको छ । तीनै अध्यक्षलाई समान दुई वर्ष कैद हुने फैसला गरिएको छ ।

यस्तै, तत्कालीन सदस्यसचिव चन्द्रप्रसाद चौधरी, नायब सुब्बा पुष्पराज भट्ट र नगर विकास समितिका तत्कालीन अमिन तुलादत्त जोशीलाई पनि दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही डेढ वर्ष कैद सजाय हुने फैसला विशेषले गरेको छ ।

जोशी र भट्टलाई समान १५ लाख ४७ हजार ३३३ रुपैयाँ जरिवाना हुने पनि फैसलामा उल्लेख छ ।


#महेन्द्रनगर नगरबिकास

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>