कञ्चनपुरको बेदकोट नगरपालिकामा ग्राभिल, ढुङ्गा रोयल्टी बाफत पालिकालाई बुझाउनुपर्ने राजस्व नबुझाई फेरी ग्राभिल, ढुङ्गा ओसार्ने दुई टेक्टरलाई राष्ट्रिय स्वतन्त्र पाटीका स्थानीय नेता कार्यकर्ताहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन ।
आइतबार रास्वपा बेदकोट नगरका स्थानीय कार्यकर्ताहरुले पुरानो पर्ची देखाएर ग्राभिल, ढुङ्गा ओसार्ने दुई टेक्टरलाई राष्ट्रिय स्वतन्त्र पाटीका स्थानीय नेता कार्यकर्ताहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन ।
रास्वपा बेदकोट नगरका नेता तेज बहादुर ठकुल्लाले राजस्व चुहावटमा बेतिथि भईरहेका बेला पालिका सरकारले बेवास्ता गरेरपनि आफुहरुले दुई टेक्टर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए ।
उनका अनुसार से१त६४२६ र से१त ६५६३नम्बरका टेक्टर प्रहरीलाई बुझाईएको छ।
दैजी प्रहरीले उक्त दुवै टेक्टरले राजस्व काटे नकाटेको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । चालु बर्षमा बेदकोट नगरमा रहेका खोला नदी रोयल्टी पालिकाले अमानतमा संकलन गरिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया