Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० चैत १६ गते शुक्रबार

एपिएफ स्कुल झलारि संचालनकाे अन्तिम चरणमा, विद्यार्थी भर्ना सुरु ।

सशस्त्र प्रहरी वल नेपालकाे सुदुरपश्चिम प्रदेशमा पहिलाे एपिएफ स्कुल झलारिमा सुरु भएकाे छ । कंचनपुर जिल्लाकाे शुक्लफाँँटा नगरपालिका झलारि गडजमुनी स्थित रहेकाे शैलेश्वरि गण संगै स्कुल संचालन गर्न तयारि अन्तिम चरणमा पुगेकाे छ ।
पहिलाे पटक प्रदेशमा स्कुल संचालनका लागि यहि फागुनमा यपि प्रेम रावल लाई स्कुलकाे कमाण्डेन्ट ताेकिए पछि रावल नेतृत्वमा काम सुरु भएर कक्षाकाेठा, छात्र र छात्राका आवास शाैचालय, भान्सा, डाइनिङ्ग हल, शिक्षक तथा स्टाफकमा निवास बनिसकेेकाे केही सानातिना काम बाकि रहेकाे कमान्डेन्ट रावलले बताए  ।
निर्माणकाे काम सुरु गरेेर शिक्षक र विद्यार्थी भर्नाका काम समेत सुरु गरिएकाे छ । यसै शैक्षिक सत्रका लागी विद्यार्थी भर्नाका लागि कक्षा ४ र ५ मा आवेदन खाेलिएकाे छ । कक्षा ४ र ५ मा २-२ सेक्सन विद्यार्थी भर्ना लिने तयारि रहेकाे, भर्ना आवेदन दिन दिनहु अविभावक आईरहेकाे माण्डेन्ट रावलले बताएका छन । उनका अनुसार सशस्त्र प्रहरिका छाेराछाेरि ६० प्रतिशत र सिभिलका छाेराछाेरि ४० प्रतिशत अनुपातमा भर्ना लिने कार्यक्रम रहेकाे बताएका छन ।


#एपिएफ स्कुल

प्रतिक्रिया