Samriddhipost
२०८१ जेठ ०६ गते आइतबार
महेन्द्रनगर
२०८० चैत २६ गते सोमबार

एमाले कंचनपुरका महरा,चन्द र गिरि प्रदेश सदस्य चयन ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले कञ्चनपुरका तीन नेतालाई प्रदेश कमिटी मनोनित गरेको छ । प्रदेश कमिटीको धनगढीमा बसेको बैठकले तीन निर्वाचन क्षेत्रबाट एक÷एक जनालाई प्रदेश कमिटी सदस्य मनोनित गरिएको हो ।
प्रदेश कमिटीका अनुसार कर्ण बहादुर चन्द, रण बहादुर महरा र मोहन गिरी सदस्य चयन गरिएका हुन् । उनीहरुमध्ये चन्द निर्वाचन क्षेत्र नं. ३, महरा २ र गिरी निर्वाचन क्षेत्र नं. १ का हुन् ।
महरा शुक्लाफाँटा नगरपालिकाका मेयर छन् । एमाले कञ्चनपुरका पूर्व उप सचिव महरा प्रदेश अधिवेशनमा उपाध्यक्षका उम्मेदवार थिए । प्रदेश कमिटी सर्वसम्मत चयन हुने भएपछि महराले उम्मेदवारी फिर्ता लिएका थिए ।
एमाले कञ्चनपुरका निवर्तमान उप सचिव चन्द नवौ जिल्ला अधिवेशनमा सचिवका उम्मेदवार थिए । जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सर्वसम्मत चयन भएपछि चन्दले उम्मेदवारी फिर्ता लिएका थिए ।
निर्वाचन क्षेत्र नं. १ का गिरी माओवादी केन्द्र छाडेर एमाले आएका हुन् । गिरीले २०७० मा माओवादी केन्द्रबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३(तत्कालिन ४ ) मा संविधान सभा सदस्य निर्वाचन लडेका थिए ।


#कंचनपुर बाट एमाले प्रदेश सदस्य

प्रतिक्रिया