नगर बिकास समितिको अतिक्रमीत जग्गा खाली गराउने अभियान पुरानो बसपार्क भि न पा ४ बाट शुरुवात गरेकाे छ । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदम राज अवस्थीले पुरानो बसपार्कमा रहेका अवैध रूपमा निर्माण गरिएका संरचनाहरू भत्काउने काम सुरु गरेकाे बताएका छन्।
मानिसहरू बसेका संरचनाहरू सात दिनभित्र आआफ्नो सामान लगि खालि गर्न निर्देशन दिएको बताए । ७ दिनभित्र पनि खाली नगरेकाे खण्डमा डोजर लगाएर भत्काउने याेजना रहेकाे बताए । भीमदत्त नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुशील कुमार भट्टले पुरानो बसपार्कमा अवैध संरचनाहरू बनाएर बेवारिसे भवनहरू भत्काउन लागेको बताएका छन।
तत्कालीन महेन्द्रनगर नगरबिकास समितिबाट लिज वा अन्य बहानामा अबैध रुपमा यी जमिनमा रातारात संरचना बनाईएका थिए । युवा र विद्यार्थिकाे आन्दाेलन पछि थप संरचना बनाउन र अख्तियारले छानबिन थालेकाे थियाे ।
हाेटल ओपेराकाे केही भाग, भानु पार्टि प्यालेस लगायतका संरचना समेत अबैध रहेकाे बताइन्छ । अदालतमा नगरबिकास सम्बन्धिका मुद्दाले सबै अबैध संरचना खाली गराउन भनेकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया