दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा जैविक तटबन्ध निमार्ण हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– १० को कुतियाकवर बस्तीलाई जोगाउन जैविक (वायोईञ्जीनियरिङ) तटबन्ध निर्माण गरिने तयारी भएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयले जानकारी दिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले नगरपालिका कार्यालयबाट रु. ३ लाख, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरको सहयोगबाट कुतियाकवर बस्तीलाई जोगाउन जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निर्माण गरिने भएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयका शाखा प्रमुख रघुनाथ भट्टले बताएका छन् । महाकाली नदी र जगबुडा नदीमा बाढीको बेला बाढी तथा भू–क्षय रोक्नका लागि जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निमार्ण कार्यको तयारी सुरु गरिने भएको विपद् शाखा कार्यालयका शाखा प्रमुख रघुनाथ भट्टले बताएका छन् । बस्तीमा जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निमार्णको लागी झण्डै रु. ८ लाख रकम लाग्ने अनुमान गरिएको छ् ।
उनका अनुसार तटबन्ध निर्माणका लागि स्थानीय बासिन्दाको जनसहभागिता रहने छ् । नदीको किनारमा बाढीले गर्न सक्ने जग्गा कटानलाई रोक्ने कार्य संगै सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत (बाास, पलाष्टिक बोरा, स्याउला, बालुवा र मानवीय श्रोत) को उच्चतम प्रयोग गरेर जैविक तटबन्ध निर्माण हुने उनले बताए । जैविक तटबन्ध आर्थिक रुपमा मितव्ययी तथा सामुदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले बाढी प्रभावित समुदायमा जैविक तटबन्ध प्रतिको विश्वास बढदो छ् । महंगो तटवन्धन (ग्यालभेनाईज्ड) जालीमा ढुङ्गा भरेर बनाइएको तटबन्धको उत्तम विकल्पको रुपमा यसलाई लिन थालिएको छ । स्थानीय श्रोत र साधनको उपयोग संगै विस्तृत प्राविधिक ज्ञानको त्यति आवश्यकता नहुने भएकाले जैविक तटबन्धको महत्व बाढी प्रभावित क्षेत्रमा बढ्दै गइरहेको छ् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया